शिङ्सालुङ ( संखुवासभा ) कोरोनाको कारण देखाउदै बन्द गरिएको उत्तरी चीन किमाथांका नाका खोलिने तयारी भएको छ ।
किमाथांका खोल्ने पुर्व तयारीको लागि जिल्ला प्रशासन कार्यालय संखुवासभासंग भोटखोला गाउँपालिका बिच छलफल भएको कुरा भोटखोला गाउँपालिकाका अध्यक्ष वाङछेदर लामाले जनाएको छ । अध्यक्षले जनाए अनुसार यहि असोज २७ गते छिमेकी मित्र रास्ट्रको प्रतिनिधिसंग किमाथांका डेन्दाङ सिमा मितेरी पुल कामाखोलामा भेट गर्ने कार्यक्रम तय भएको छ । जसका लागि सिमापास कार्ड वितरण गरिने जनाएको छ ।
त्यसैगरी असोज २९ गते भोटखोला गाउँपालिका वडा नम्बर २ मा सिमापास कार्ड वितरण गरिने छ ।जसका लागि २ प्रती पासपोर्ट साइजको फोटो, नागरिकता प्रतिलिपी अनिबार्य चाहिने बताएको छ ।त्यसैगरी सिमा पास कार्ड वडा न. ३, ४ र ५ का लागि दशै पछि बितरण गरिने जनाएको छ । यसलाई सहजताको लागि जिल्ला प्रसासन कार्यलय संखुवासभाबाट पनि लिन सकिने व्यावस्था मिलाएको छ ।
चीन सरकार यस अघिदेखि नै जनताको स्वास्थ्यप्रति गम्भीर रहेका छन । छिमेकी मुलुकमा कुनै रोग अर्थात पशुसम्बन्धि रोग फैलिएको जानकारी हुनासाथ पटकपटक किमाथांका नाका अनिश्चितकालका लागि बन्द गरिदै आएको छ । यस कुरालाई मभ्यनजर गर्दै संखुवासभा भेटनरी अस्पताल तथा पशु ज्ञान केन्द्रको प्रमुख हिमालय पोख्रेलसंग अध्यक्ष,उपाध्यक्ष सहाना लामाबिच रिदाक र थुदाममा ३० लाख बराबारको च्याङ्ग्रा पशुपालनको लागि बजेट ब्रेकडाउन गरिने जनाएको छ । उक्त सम्झौता दशै र तिहार बिचमा कार्यन्वयन गर्ने गरि भएको उल्लेख छ ।
कोरोना महामारीदेखि बन्द भएको किमाथांका नाका हालसम्म नखुल्दा शिङ्सालुङ भोटखोलाको किमाथांका,रिदाक,थुदामबाट स्थानीयहरु धेरै संख्यामा बिस्थापित भएको छ । तत्काल नाका नखुल्ने हो भने बाँकि रहेका घरपरिवार पनि बिस्थापित हुने निश्चित छ ।
त्यसैगरी शिङ्सालुङको अर्को समस्या भनेको मोबाइलको टावर हो । पटकपटक माङसिमा र माकपालुङको टावरमा समस्या आउँदा उत्तरी सिमा नजिक संचार संपर्क बिच्छेदले समस्या भैरहेको छ । त्यहि समस्या समाधान गर्नको लागि असोज २२ गते माङ्सिमा डाँडामा रहेकोे टेलिकम टावरमा बिराटनगरबाट प्राबिधिक आउने भएको छ । उक्त टावरमा सामग्री सहित प्राविधिक जाने भन्दै असोज २४ गतेतिर मात्र टावर बन्ने भएको छ ।
Discussion about this post