धरान । माया धराने साबुन उद्योग निर्माण गर्नको लागि आवस्यक पर्ने ढुंगा बोक्न शनिबार सर्वसाधारण व्यापक रुपमा उर्लिएको छ ।
शनिवार श्रमबारको नाम दिदै आएका मेयर हर्क साङ्पाङले आह्वान गरेको श्रमदान गर्न धरान २० साबुन उद्योग निर्माण स्थलमा व्यापक श्रमदाता आएका थिए । माया धराने साबुन उत्पादन गर्न भनेर एक वर्ष अगाडिदेखिको योजना वनले मुद्दा लगाएपछि ढिलाइ भएको हो । अदालतले अन्तरिम आदेश जारी गरेपछि योजना एक वर्ष सरेको हो ।
शनिवारको ढुंगा बोक्ने श्रमदानमा भद्रपुर झापा र काठमाडौबाट पनि आएका थिए । तीन महिना भित्र निर्माण कार्य सम्पन्न गरिसक्ने लक्ष्यकासाथ अघि बढेको साबुन उद्योग गत शनिबारदेखि ढुंगा बोक्ने काम भैरहेको छ ।
Discussion about this post