धरान । धरानको घण्टाघरमा तत्कालीन संचालक समितिले कामदारको रुपमा राखिएको राजा लिम्बुलाई ससम्मान बिदाईको विषयमा मजदुर मजदुर संगठनहरुले फेरि ध्यानाकर्षण गराएको छ ।
शुक्रबार मजदुर संगठनहरुको एक टोलिले मेयर हर्क साङ्पाङलाई भेटेर कानुन अनुसार उमेर हदको कारण हटाएको भए पनि सोहि कानुन अनुसार कार्यन्वयन गर्न माग गरे । यस बिषयमा कार्यपालिका बैठकमा छलफल हुँदा बैठक नै स्थगित भएका थिए ।
मेयर साङ्पाङले उहाँहरुको सम्मान छ भन्दै बाउ जस्तो ब्यक्तिलाई काममा लगाउदा धरानको छबिमा प्रश्न चिन्ह लाग्ने बताए । चित्तबुझ्दो तरिकाले बिदाई गर्ने हो भने घण्टाघरबाट संकलित कर रकमबाट दिनको लागि प्रस्ताव गरे । तत्कालीन पुर्व मेयर समेत रहेका मनोज मेयाङ्बोबाट संचालन गरेको १५ लाख रुपैया नगरपालिकाको राजश्वमा आईनसकेको भन्दै त्यो पैसा दिन सकिने बताए । मेयर साङ्पाङले यी बिषयमा पनि साथ सहयोग मागे । उनले घण्टाघर सहित सर्दुको जग्गा एयरपोर्टको जग्गा लगायत खोजि गरिरहेको भन्दै सबैले साथ दिए सहज हुने बताए । अहिलेको अवस्थामा जबर्जस्ती रुपमा अगाडि बढेको बताए ।
यस बिषयमा लेखा महाशाखामा सम्पर्क गर्दा घण्टाघर संचालकले जम्मा २७ लाख संकलन गरेकोमा १२ लाख मात्र बुझाएको जानकारी दिए । महाशाखाका अधिकृत भेषराज अधिकारीले बाँकि रहेको १५ लाख रुपैया मुद्दती खातामा रहेको बताए । मुद्दती खाता आगा ११ तारिख २०२४ मा मात्र समय सकिने भन्दै त्यसपछि मात्र उपमहानगरलाई आउने कुरा अधिकारी जानकारी दिए ।
यति कर्पोरेटलाई पत्राचार
यसैबिच धरान उपमहानगरपालिका वडा नम्बर १७ मा एयरपोर्ट बनाउनको लागि २० वर्ष अगाडि किनिएको जग्गाको बिषयमा यति कर्पोरेटलाई पत्राचार गरिएको छ ।
मेयर हर्क साङ्पाङले असोज १९ गते यति कर्पोरेटको नाममा लाजिम्पाट काठमाडौमा पत्राचार गरिएको छ । पत्रमा जानकारी पठाउने सम्बन्धमा भन्दै त्यस संस्थाले यस धरान उपमहानगरपालिका वडा नं.१७ साविक घोषा २ ख का विभिन्न कित्ता नं. का जग्गाहरु हवाई मैदान निर्माणका लागि खरिद गरी लिएकोमा हालसम्म हवाई मैदान निर्माण शुरु नभएकाले जग्गा फिर्ता दिलाई पाऊ भन्ने समेत व्यहोराको सरोकारवालाहरूको यस कार्यालयमा निवेदन पेश हुन आएको उल्लेख छ ।
सो सम्बन्धमा के कसो भएको हो ? जग्गाको हालको अवस्था के कसो छ ? सम्पूर्ण व्यहोरा खुलाई आजका मितिले १५ दिन भित्र सो विषयका प्रमाण सहितको जानकारी पठाई सहयोग गरिदिनु हुन अनुरोध छ भनिएको छ ।
जग्गाधनिले सम्झौता अनुसार जग्गा फिर्ता माग गरेपछि उपमहानगरमा तत्कालीन मेयर कुमारबहादुर कार्कि पुर्व मेयर मनोज मेयाङ्बो,अशोक अग्रवाललाई पत्राचार गरेर बैठकमा बोलाए पनि कार्कि बाहेक बैठक अनुपस्थित भएपछि टुङ्गोमा पुग्न सकेको छैन । एयरपोर्टको लागि भनेर किनेको जग्गा एयरपोर्ट बन्छ बन्दैन भन्ने कुनै जानकारी नदिइ अहिले यति कर्पोरेटले जग्गा बिक्री गर्न थालेपछि रोक्न माग गर्दै जग्गा धनिले फिर्ता गर्नुपर्ने माग गरेको छ ।
Discussion about this post