धरान । करिब तीन महिनापछि बसेको बसेको धरान उपमहानगरपालिका कार्यपालिकाको बैठक चर्काचर्कि परेपछि स्थगित भएको छ ।
घण्टाघरको दुईजना कर्माचारीको विषयलाई लिएर छलफल शुरु भएको बैठकको निर्णय हुनुअगावै चर्काचर्कि परेका थिए । राजा लिम्बु सहितलाई केकसरी विदा गर्न सकिन्छ भन्ने विषयमा छलफल हुँदा चर्काचर्कि भएको हो । जम्मा २२ जना कर्मचारी निकालिएकोमा राजा लिम्बुको बारेमा मात्र कुरा उठेका थिए । यस बिषयमा कार्यकारी अधिकृतले जवाफ दिने क्रममा धरान उपमहानगर वडा नम्बर १७ का वडा अध्यक्ष मनोज भट्टराईले कार्यकारी अधिकृतमाथि थप जिज्ञासा राख्दा मेयर हर्क साङ्पाङले हैसियतमाथि प्रश चिन्ह लगाएका थिए ।
वडा अध्यक्ष मनोज भट्टराईले असोज १७ गतेकै दिन कार्यवाहक वडा सदस्यलाई दिएको सिफारिस नगरपालिकामा आएपछि वास्तविकता बाहिरिएका थिए । वडा सदस्य मनिष बिष्टलाई कार्यवाहक दिएर पनि कार्यपालिका बैठकमा मनिष बिष्ट न आई मनोज भट्टराई आएपछि हैसियतमाथि कडा प्रस्तुत भएका थिए । मेयर साङ्पाङले कार्यवाहक दिइसकेको अवस्थामा दुईजना वडा अध्यक्ष नहुने बताए । वडा अध्यक्ष भट्टराईले कानुमा स्पष्ट नभएकोले कार्यपालिका बैठक कार्यवाहक दिए पनि उपस्थित भएको बताए ।
वडा नम्बर १० का वडा अध्यक्ष विवेक राईले शनिबार विदाको दिन मेयर र उपमेयरको गाडि चलाएर दुरुपयोग गरेको बताए । उनले मेयरको गाडि सनिवार हुइकिएको देख्दा भित्र श्रमदाताको टिसर्ट मात्र लगाएकाहरु भेटिएको बताए । गाडिमा खापानी ओसारपसार गरेको भन्दै हाहा हुहु गर्दै गाडि दुरुपयोग गरेको आरोप लगाए । यसरी शनिबार गाडि कुदाउन कस्ले तेल हालेर चलाउन दिन्छ भन्दै प्रश्न गरे । विवेक राईले मेयरको गाडी रोक्ने चुनौती दिए । शनिबार गाडि चलेको देखेर पनि मिडियाले नखिचेको नलेखेको भन्दै मिडियाप्रति खनिए । छातिमा हात राखेर सत्य बोल्न भन्दै मेयरले गाडी दुरुपयोग गरेको बताए । मिडियालाई शनिवार मेयरले गाडी दुरुपयोग गरेको सोद्दा कुन पार्टीको भन्लान् भन्ने पनि होला भन्दै दुरुपयोगको विषयमा समाचार भिडियो प्रशारण गर्नुपर्ने बताए ।
उनले नयाँ नियुक्ति गरेको कर्मचारी कोको छन कहिले नियुक्ति गरे भनेर जानकारी माग गरे । साथै चिन्न पाउनुपर्ने बताए । नियुक्त गरेको कर्मचारी मालिहरु खोला बगरमा फुल गोडमेल गर्न खटाए कि नगरपालिकाको प्रांगणमा रहेको फुल गोडमेल गर्ने काममा खटाए भनेर प्रश्न गरे ।
मेयर साङ्पाङ्ले शनिबार चलाएको गाडि धरानको विकासको लागि भन्दै त्यो आफ्नो ब्यक्तिगत नभएको बताए । मेयर साङ्पाङले चढ्ने गाडि रोके रोक्न भन्दै आफुले किन्न नभनेको बताए । मेयरले वडा अध्यक्ष आफै श्रमदानमा न आउने गाडि चलायो भनेर विरोध गर्न नमिल्ने बताए । उनले गोर्खा वेलफेयर ट्रस्टले खर्दुमा निर्माण गरि हस्तान्तरण गरिएको साँडे तीन करोडको खानेपानी संरचना हस्तान्तरण गर्दा सबै वडा अध्यक्षलाई पत्राचार गरिए पनि वडा नम्बर ४ र ५ को मात्र आएको बताए ।
गाडी यदि दुरुपयोग गरेको हो भने अख्तियारमा मुद्दा हाल्न चुनौती दिए । उनले यस्तो हो भने आगामी २०८४ मा मेयर बनेर आफुले जस्तै गर्न चुनौती दिए । साङ्पाङले यस अघि मनोज भट्टराई मेयरको उम्मेदवार भैसकेको भन्दै ८४ मा अव आफु पनि उम्मेदवार बन्ने उद्घोष गर्दै हराएर देखाउन चुनौती दिए । निर्वाचित भएर आएपछि आजसम्म सहयोग गर्नुपर्नेमा प्रश्न राखेर जवाफ मात्र दिनुपरेको बताए । कर्मचारीको सवालमा मेयर र कार्यकारी अधिकृतको अधिकार हुने बताए । मेयरले पहिलाको भन्दा खानेपानी बिकास निर्माणमा धेरै सुधार आएको दाबि गरे । त्यहि अनुसार कर्मचारी थपिएको बताए । घण्टाघरमा काम गर्ने राजा लिम्बु धरान उपमहानगरको कर्मचारीको गणनामा समेत नरहेको बताए । पुर्व मेयर भनाउदा मनोज मेयाङ्बोले राखेको कामदार भएको बताए । मेयरलाई ज्वाईलाई जागिरमा हालेको आरोप लगाएका थिए । तर मेयर साङ्पाङले रोजगार सिर्जना गरेर दिनु आफ्नो कार्यक्षेत्र र मौलिक हक रहेको दाबि गरे ।उनले तत्कालीन अवस्थामा तिलक राईको पालामा मनोज भट्टराईको श्रीमतीलाई खानेपानीमा जागिर लगाईदुएको पनि खुलासा गरे ।
मेयर साङ्पाङले आफुलाई स्वतन्त्र ब्यक्ति आएकोमा मन नपराउदै घेराबन्दीमा पार्न खोजिएको महसुस गरे । उनले बिगतकै जस्तै पुन तोक आदेशमा अगाडि बढ्ने चेतावनी पनि दिए ।
Discussion about this post