धरान । एक वर्ष अघि शुरूवात गरिएको धरानको एकतर्फी बाटोलाई पुनरावलोकन गर्न माग गर्दै देशिलाईन व्यावसायी समिति र घरवाला स्थानीय सरकार उपमहानगरपालिका र उद्योग वाणिज्य संघ पुगेका छन ।
असोज १५ गते व्यावसायी समिति र घरवाला सहितको एक टोलिले धरान उपमहानगरपालिका वडा नम्बर २ को कार्यालय,उपमहानगरपालिका र सुनसरी उद्योग वाणिज्य संघ पुगेका थिए ।वडा अध्यक्ष रमेश राई,मेयर हर्क साङ्पाङ र बिजय श्रेष्ठ समक्ष ध्यानाकर्षणपत्र बुझाएका थिए । कोभिड १९ ले थलिएको व्यापार व्यावसायलाई बिस्तारै उठ्न खोजेको ब्यापार व्यावसाय पुनः एकतर्फी बाटोको कारण थप मारमा परेको छ । निरन्तर एकतर्फी कायम रहेको खण्डमा व्यावसाय धरासायीसंगै व्यावसायी पलायन हुने खतरा समेत रहेको बताए ।
वानवेका कारण लोकतान्त्रिक चौतारी भानुचोकबाट तिनतिर जान खुला रहेको तर चौडा सडक बनेको अवस्थामा पनि देशिलाईन सडक वानवे हुँदा व्यापार ब्याबसाय घटेको असर परेको बताए । चाडपर्वको मुखमा अब्याबहारीक समस्या रहेको भन्दै त्यसको विकल्पको रुपमा वडा नम्बर २ र ३ बाट बनिसकेको चिनिया चोक सदन स्कुल बरगाछि र माछा भौडि सदन स्कुल बरगाछि ठुला सवारी निकास दिन सकिने ध्यानाकर्षणपत्रमा उल्लेख छ ।
यस बिषयमा मेयर हर्क साङ्पाङले पुनर्विचार गर्न तत्काल संभावना नरहेको बताए । ध्यानाकर्षण भए पनि कार्यान्वयन भएको कुरा पछि हट्न नसकिने बताए । मेयर साङ्पाङले हुनत मार परेको कुरा ब्यावसायीलाई थाहा हुने भन्दै के कति कारणले व्यावसायमा असर परेको भनेर प्रश्न गरेका थिए । धरान भनेर भानुचोक भौडि मात्र नभै यसलाई महानगरपालिका बनाउन लाग्नुपर्ने बताए । निश्चित समुह बर्गलाई हेरेर भन्दा पनि समग्रलाई हेरेर कार्यान्वयनमा ल्याएको बताए ।
वडा अध्यक्ष रमेश राईले पनि ध्यानाकर्षणपत्रको सिधै इन्कार गरे । वडा अध्यक्ष राइले व्यावसाय कम हुनुमा वानवे नभै कोरोना अनि बराह सहकारी लगायत रहेको बताए । उनले देशिलाईन व्यावसायीले सरसफाईमा सहयोग नगरेको बताए । समितिको गतिविधि वडालाई जानकारी दिनुपर्ने पनि बताए ।
ध्यानाकर्षणपत्र सुनसरी उद्योग वाणिज्य संघमा पनि बुझाएका थिए । वडा र उपमहानगरले चासो नदिएको भन्दै आगामी संघर्षको कदमको विषयमा छलफल भएका थिए । वानवेबाट अनौपचारिक रुपमा गुनासो आए पनि आधिकारिक रुपमा न आउदा अगाडि बढ्न नसकेको बताए । यस बिषयमा ट्राफिकसंग पनि समन्वय गर्नुपर्ने आवस्यक रहेको भन्दै तत्काल ट्राफिकसंग पनि छलफल गर्ने जानकारी अध्यक्ष बिजय श्रेष्ठले दिए ।
देशिलाईन व्यावसायी समितिको अध्यक्ष गंगा राईको नेतृत्वमा देशिलाईनका घरवाला पनि समस्या लिएर गएका थिए । त्यस अघि समितिले छुट्टै रुपमा बैठक गरेका थिए भने वानवेको बिषयमा टोल बिकास संस्थाले शनिबार बैठक गरेका थिए । एक हप्ताको समय ध्यानाकर्षणपत्रमा दिएको छ । वडा अध्यक्ष र मेयर वानवे पुनर्विचारमा नकारात्मक भएपछि समिति र घरवाला कसरी अगाडि बढ्छ भन्ने कुरा हेर्न बाँकी छ ।
Discussion about this post