माया धराने साबुन फ्याट्री बनाउन व्यापक ढुंगा संकलन,झरी पानीमा बालबच्चादेखि वृद्धसम्म आए(फोटो भिडियो सहित )

 

धरान । गणतन्त्र नेपालको पहिलो उद्योग भनेर मेयर हर्क साङ्पाङले दाबि गरिएको धरानको माया धराने साबुन उद्योग निर्माण गर्नको लागि शनिवार व्यापक रुपमा ढुंगा संकलन गरिएको छ ।

गत असोज १० गते विधिवत रुपमा शिलान्यास भएपछि जग लगायतमा आवश्यक पर्ने ढुंगा संकलन गर्न श्रमदान आह्वान गरिएका थिए । जस अनुसार शनिबार धरान उपमहानगर वडा नम्बर २० को प्रवेश द्वारमै रहेको माया धराने साबुन फ्याक्ट्री निर्माण स्थलमा नै ढुंगा संकलन भएका थिए । पकुवा खोलाको बगरबाट एक दर्जन ट्याक्टर परिचालन गरि ढुंगा संकलन गरिएको थियो ।

यसरी ढुंगा संकलन गर्दा धरान उपमहानगरपालिकाका विभिन्न वडाबाट टोल बिकास संस्था तथा व्यक्तिगत रुपमा श्रमदानमा सहभागी भएका थिए  । बिहान ७ बजेदेखि शुरु भएको ढुंगा संकलन बिहानीपख चर्को घाम लागेका थिए । चर्को घाम भएकाले शितल बनाउन र नुहाउन पौडि खेल्ने पोखरी पनि बनाएको थियो । यस्तो पोखरी गत साल भालुबाट पाइप तान्दा पनि बनाएका थिए ।

दिउसो भने हावा हुण्डारी सहितको पानी झरि वर्षेका थिए । र पनि श्रमदाताहरु पानीमै भिज्दै भए पनि धौर्यताकासाथ ढुंगा संकलन गरिएका थिए । पुरै पानीले भिजिएको अवस्थामा मध्याह्नपछी भने काम स्थगित भएका थिए ।

उद्योग ३ महिना भित्र सक्ने लक्ष्य रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित