धरान । युवा कवि विमल स्मृति पुस्तकालयले गत सालबाट शुरु गरिएको कृति पुरस्कार यस वर्षको लागि कृति छनोट भैरहेको छ ।
युवा कवि बिमल स्मृति पुस्तकालयले असोज १२ गते विमल गुरुङ कृति पुरस्कार २०७९ र राष्ट्रिय कविता महोत्सव २०८० सम्बन्धि पत्रकार सम्मेलन गरि जानकारी दिएको हो । यस वर्ष कृति पुरस्कारको लागि आह्वान गरिएकोमा १०१ वटा कृति प्राप्त भएको कुरा पत्रकार सम्मेलनमा जानकारी दिए । जसलाई छोटो सुचिमा २१ कृति छनोट गरिएका छन । त्यसमध्येबाट ७ कृति छनोट हुनेछ । अन्तिममा एक कृतिलाई सर्वोत्कृष्ट छनोट गरि पुरस्कृत गरिने बताए । यो पुरस्कार गत वर्ष नरेश काङ्माङको तेप्लायुलाई प्रदान गरिएका थिए ।
सर्वोत्कृष्ट कृतिलाई आगामी कार्तिक १९ गते कवि विमल गुरुङको ५२ औ जन्मजयन्ति तथा ३२ औ राष्ट्रिय कविता महोत्सवको अवसरमा नगद २ लाख रुपैया ताम्रपत्र र दोसल्ला सहित प्रदान गरिनेछ ।
त्यसैगरी राष्ट्रिय कविता महोत्सवको लागि जम्मा ७४ वटा कविता प्राप्त भएको जानकारी दिए । प्राप्त कविताबाट १० उत्कृष्ट छनोट गरिका छन । छनोट गरिएका १० कविता स्वयं उपस्तिथि भएर वाचन गर्नुपर्ने बताए । कविता महोत्सवका लागि नेपाल बाहिर भारतको दार्जिलिङ सिक्किमबाट पनि कविता आएको जानकारी दिए । महोत्सवमा प्रथमलाई नगद २१ हजार रुपैया, द्वितियलाई नगद १८ हजार रुपैया र तृतीयलाई नगद १७ हजार रुपैया र प्रमाण पत्रले पुरस्कृत गरिने छ ।
सोही अवसरमा कालेबुङ, भारतका प्रतिभाशाली युवा कवि विशाल नाल्बोलाई ‘विमल गुरुङ स्मृति पुस्तकालय युवा प्रतिभा सम्मान – २०८०’ समेत प्रदा गरिने जानकारी दिए ।
Discussion about this post