पैगम्बर मोहम्मदको जन्म दिवस धरानमा मनायो(फोटो भिडियो)

धरान । इस्लाम धर्मावलम्बीको प्रबर्द्धक पैगम्बर मोहम्मदको जन्म दिन धरानमा मनाएको छ । धरानमा रहेका मुस्लिम समुदायहरुले नगर परिक्रमा गर्दै जन्म दिवस मनाएको हो । इस्लाम धर्मावलम्बीको धरान उपमहानगर वडा नम्बर ३ मा मस्जिद रहेका छन । मस्जिदबाट सम्पुर्ण मुस्लिम समुदाय भेला भै लोकतान्त्रिक चौतारी हुँदै पुनः मस्जित पुगेर समापन भएको हो ।

नेपाल बहुजातीय बहुधार्मिक देश रहेको संविधानमा स्पष्ट लेखिएको छ । कुनै न कुनै दिन एक धर्मको दिवस तथा कार्यक्रम भैरहेकै हुन्छ । धरानमा बौद्ध,हिन्दु,क्रीस्चियन,युमा,किरात,इस्लाम लगायतका धर्मावलम्बी छन ।

त्यसैगरी बिभिन्न जाति भाषा संस्कृति मान्ने समुदायहरु रहेका छन । धरानमा इस्लाम धर्म मान्ने मुस्लिम समुदायको जनसंख्या करिब पाँच हजारको रहेको अन्जुमन इश्लामियाका सदस्य मोहम्मद मनोवर अन्सारीले बताए । इस्लाम धर्मावलम्बीले हरेक शुक्रवार नवाज पढिन्छ भने आज पैगम्बर मोहम्मदको विशेष कार्यक्रम मिलादुननवि गरिएको थियो ।

 

इस्लाम धर्मावलम्बीले आफ्नै सम्बत चलाएका छन जस्लाई हिजिरी सम्बत भनिन्छ । त्यहि सम्बतको आधारमा पैवम्बर मोहम्मदको जन्म दिवस मनाउने गरिन्छ । अहिले हिजिरि सम्बत १४४४ चलिरहेको छ । आज पैगम्बर मोहम्मदको जन्म दिन मोहरमबाट पहिलो महिना शुरु हुन्छ । त्यसपछि सफर अनि तेस्रो महिना रवि उल अवलको १२ तारिखमा मनाउने गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित