गोरु काटी सामुहिक भोज गर्ने पक्राउको नाममा प्रहरी आतंकको बिरोध,राष्ट्रिय जनावर फेर्ने संविधान पुनर्लेखन हुनुपर्ने आवाज

खोटाङ । केहिदिन अघि गोरु काटेर सामुहिक भोज खाएको खोटाङबाट तीनजनालाई पक्राउ गरिएको र गाउँमा प्रहरीको आतंक रहेको भन्दै बिरोध जनाएको छ ।

मंगोल नेशनल अर्गनाइजेसन डा. गोपाल गुरुङ समुहले प्रेस बिज्ञप्ति जारी गर्दै बिरोध जनाएको छ । जिल्ला प्रहरी कार्यालय खोटाङले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपास्थित मसानेडाँडामा सोमबार दिउँसो गोरु काटेर सामुहिक भोज खाएको आरोपमा सोही स्थानका २१ वर्षीय डिकमान तामाङ, ४० वर्षीय तेजबहादुर तामाङ र ३५ वर्षीय गोपाल तामाङ तथा रावाबेँसी गाउँपालिका–६ हौँचुरका २७ वर्षीय बादल गुरुङलाई प्रहरीले मङ्गलबार पक्राउ गरेको कुरा डा. गोपाल गुरुङ समूहले जनाएको छ । श्रोतलाई उदृत गर्दै मुलबासी न्युजले बादल गुरुङ लगायतका स्थानीयले गोरु काटेर सामुहिक भोज खाएको भन्ने सूचनाको आधारमा अनुसन्धानका लागि गुरुङसहित चार जनालाई नियन्त्रणमा लिइएको उल्लेख छ ।

जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक टीकाराज बरालले जानकारी दिए अनुसार “प्रहरी चौकी जालपाबाट खटिएर गएका टोलीले नियन्त्रणमा लिएका गुरुङसहित चारै जनालाई दिक्तेलस्थित प्रहरी हिरासतमा राखेर अनुसन्धान शुरु गरिएको छ उल्लेख छ । टिकारज बरालका अनुसार “अनुसन्धानमा गोरु काटेर सामुहिक भोज खाएको पुष्टि भएको खण्डमा कानून बमोजिम कारबाही हुन्छ । अहिले यसै भन्न सकिने अवस्था छैन ।”

मङ्गोल नेसनल अर्गनाइजेसन पार्टीका कार्यकर्ता बताउने समूहले सोमबार साँस्कृतिक क्रान्ति भन्दै मसानेडाँडामा गोरु काटेर सामुहिक भोज खाएको भिडियो र तस्वीर सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक भएको थियो ।

पहिचानको आन्दोलन चलिरहेको अवस्थामा प्रहरीले सोझासिधा व्यक्तिलाई बिना कारण पक्राउ गरेर स्थानीयलाई आतङ्कित बनाएको बादल गुरुङका बुबा मोहन गुरुङले बिरोध गरेको उल्लेख छ ।आरोप लगाउनुभएको छ । “

यसैबीच मंगोल नेशनल अर्गनाइजेसन डा. गोपाल गुरुङ समुह संघीय सभाले प्रेस बिज्ञपति जारी गरि
बिरोध अनि भत्सर्ना गरेको छ ।

बिज्ञप्तिमा मिति २०८०/०६/०८ गते दि.रु.म.न.पा. १२ जालपामा सांस्कृतिक अभियान स्वरुप गोरु काटी भोजको आयोजना गरि मासु खाएको भन्ने आधारमा गाउँमा छिरेर प्रशासनले घर-घरमा बसिरहेका गाउँलेहरुलाई पक्राउ गर्ने, सोध्ने र दुःख दिने काम भइरहेको कुरा समेत जानकारीमा आइरहेको छ । यो विश्वव्यापी मूलवासी सम्बन्धी घोषणापत्र, विश्वव्यापी मानवअधिकार र मूलबासीहरुलाई प्रथाजनित कानुनको खिलापमा छ उल्लेख छ ।

राज्यले गोरु खाएको आधारमा पक्राउ गर्दै बस्ने की समस्याको समाधान निकाल्ने के अब प्रशासनले पक्राउ गरेर बस्दैमा गौवद्ध रोकिन्छ ? सांस्कृतिक विविधता, धार्मिक विविधतालाई सम्मान हुनु पर्छ भन्ने एमएनओ – डिजिजि को मान्यता हो । यसर्थ विभेदकारी कानुनहरु खारेज हुनु पर्छ । राष्ट्रिय जनावर गाई खारेज गर्नु पर्छ । पूर्णरुपमा नेपाललाई धर्मनिरपेक्ष लागू गरिनु पर्छ । संविधान पूर्नलेखन गर्नुपर्छ भन्ने एमएनओ डिजिजिको मान्यता रहेको पनि स्पष्ट पार्न चाहन्छौं भनिएको छ ।

राष्ट्रिय मानव अधिकारलाई ध्यानाकर्षण
खोटाङमा गोरु काटेर खाएको आरोपमा पक्राउ गर्दा गाउँ आतंकित बनाएको भन्दै राष्ट्रिय मानव अधिकार आयोग विराटनगरको ध्यानाकर्षण गराएको छ । मंगोल नेशनल अर्गनाइजेसन डा. गोपाल गुरुङले ध्यानाकर्षणपत्र बुझाएको छ ।

 

यस अघि धरानमा गोरु काटेको आरोपमा पक्राउ गरेका रिहाईपछि सामुहिक भोज गरेका थिए । धरानमा २०६३ साल साउन ५ गतेदेखि निरन्तर गोरु काटिरहेको छ । त्यसपछि झापा मोरङमा पनि गोरु काटेर सामुहिक भोज गर्दै भिडियो फोटो सामाजिक संजालमा हालिसकेका छ । सबैको एउटै माग गाईगोरु कुनै जाति धर्म विरुद्ध नभै हाल विभेदित कानुन संशोधन गराउनका लागि सामुहिक भोज गरेर सामाजिक संजालमा लगाएको बताउदै आएको छ । खोटाङमा भने गोरु मारेर छाला नै तार्दै गरेको फोटो नै हालिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित