धरान । धरान उपमहानगरका मेयर हर्क साङ्पाङको परिकल्पनामा एक वर्ष अगाडिको तयारी मंगलबार विधिवत रुपमा शिलान्यास भएको छ ।
धरान उपमहानगरपालिका वडा नम्बर २० को प्रवेश क्षेत्रमा एक कार्यक्रमका बिच शिलान्यास भएको हो । शिलान्यास स्वयं मेयर हर्क साङ्पाङले गरेका थिए ।
शिलान्यास गर्दै मेयर साङ्पाङ्ले गणतन्त्रपछिको उद्योग स्थापना नै माया धराने साबुन पहिलो भएको दाबि गरे । राज्यको सबै सामग्री हुनुपर्ने भन्दै आफुले गरेको सबै काम वास्तविक समाजवाद रहेको दाबि गरे । वनले मुद्दा लगाएको कारण गत साल नै हुने काम लम्बिएको भन्दै विकास गर्दा लगातार मुद्दा खेप्नुपरेको बताए ।
मेयरले भने यो कसैको नभै स्थानीय सरकार धरानको हो । धरानमा वार्षिक रुपमा साबुनको लागि मात्र चार पाँच करोड बाहिरिने बताए । अव साबुन उत्पादनपछि त्यहि साबुन खरिद गरेर चलाउनुपर्ने भन्दै साबुनको लागि बाहिरिने पैसा जमेर बस्ने बताए । त्यसरी नै बेसार उद्योग स्थापना भएको भन्दै बेसारको लागि बाहिरिने पैसा अव धरानमै रहने बताए ।
जति नै रेमिटान्स भित्र्याए पनि जम्न नसके केहि नहुने बताए । राज्यले यसरी नै उत्पादन गर्नुपर्ने भन्दै हामीले लगाउने सबै चिज बाहिरी उत्पादन भएको भन्दै नाङ्गो शरीर मात्र हाम्रो भएको बताए । अर्को शनिबारको श्रमदान साबुन फ्याक्ट्रीको लागि आवस्यक ढुंगा बटुल्न आह्वान गरे ।
उपमहानगरका अधिकृत मातृका भट्टराईले आफु आउनु अगाडिदेखि मिडियाबाट साबुन फ्याक्टृको बारे थाहा भएको बताए । फ्याक्ट्रीको लागि आवस्यक बजेट समेत नगरसभाले विनियोजन गरेको भन्दै कानुनी प्रक्रिया अनुसार उपभोक्ता गठन गरेर निर्माण कार्य अगाडि बढिने बताए । आवस्यक सामग्री विनियोजित बजेटबाट हुने भन्दै काम भने श्रमदानबाट हुने अधिकृतले बताए ।
माया धराने साबुन फ्याक्ट्री बारे उपमहानगरका इन्जिनियर सुरज श्रेष्ठले ३७ लाखको लागतमा फ्याक्ट्री निर्माण हुने बताए । ४६ फिट चौडाइ ६४ फिट लम्बाई रहेको १६ पिलरे ट्रष्ट सहितको बाहिरी टिनले बारेको भवन हुने जानकारी दिए । जसको कुल लागत ३७ लाख ५८ हजार हुने बताए । यो फ्याक्टरी तीन महिनाभित्र निर्माण सम्पन्न भैसक्ने जानकारी इन्जिनियर सुरज श्रेष्ठले जानकारी दिए ।
शिलान्यास कार्यक्रममा नम्बर २० का वडा अध्यक्ष सचेत धराने समुह स्वतन्त्र नागरिक समुह अन्य श्रमदाता लगायतका उपस्थिति रहेका थिए ।
Discussion about this post