जसपा प्रदेश पुनर्गठन समावेशी सिद्धान्त विपरीत,शिल्पि/ दलितको बिरोध

धरान । समानुपातिक समावेशीको ढ्वाङ पिट्ने जसपाले समावेशीको सिद्धान्त विपरीत प्रदेश समिति पुनर्गठन गरेको भन्दै शिल्पि / दलित विशेष प्रदेश समितिले बिरोध जनाएको छ ।

प्रदेश १ पुनर्गठनबाट असन्तुष्ट जनाउदै समितिले प्रेस बिज्ञप्ति जारी गरिएको छ । बिज्ञप्तिमा जनता समाजवादी पार्टी नेपालकाे १ नं प्रदेश समिति पुनर्गठन प्रकृया समानुपातिक,समावेशीताकाे सिद्धान्त विपरित,स्वेच्छाचारी एवम् अलाेकतान्त्रिक र पार्टीकाे विधान विपरित रहेकाे ठहर गर्दै शिल्पी/ दलित विशेष समिति तथा समाजवादी दलित मुक्ति संगठनले कडा विराेध जनाएकाे छ ।

गत फागुन १६ गते गठित प्रदेश कमिटीका सचिव शान्त बहादुर घताल(प्रदिप) सहित अधिकांश पदाधिकारी, सदस्य तथा जिम्मेवार ब्यक्तिहरुलाई समेत पाखा लगाउँदै,अपमानित गर्दै बिना सुचना गरिएकाे कथित पुनर्गठनप्रति हाम्राे असहमति रहेकाे छ र घाेर आपत्ति समेत रहेकाे आज जारी गरिएकाे विज्ञप्तीमा जनाईएकाे छ ।

पार्टीभित्र लामाे समयदेखि याेगदान गर्दै आईरहेका विभिन्न जनवर्गीय तथा शिल्पी/दलित विशेष प्रदेशकाे नेतृत्व गरिरहेका नेता/कार्यकर्ताहरुकाे मर्म र भावानामा आघात पुग्नेगरि एकपक्षीय ढंगले कुनै पनि नेतृत्वले काम गर्छ भने त्याे पार्टी जीवनकाे लागि घातक शिवाय: अरु केही हुँदैन । पार्टी सामूहिक क्षमता, छलफल र याेगदानमा बन्नेहाे ।

जसपाले आत्मासाथ गरेका संघीयता,धर्मनिरपेक्षता,समावेशीता लाेकतान्त्रिक मूल्य र मान्यतालाई स्वीकार गरि हाम्राे समूदाय जसपामा आवद्ध छन्, तर पार्टीको पछिल्लाे प्रवृत्ति, साेच र संस्कार हेर्दा अरुकाे अस्तित्व नस्विकार्ने, आन्तरिक लाेकतन्त्रकाे अभ्यासलाई नामेट पार्ने र संकिर्ण मानसिकताबाट चल्ने गरेकाेले पार्टीभित्र चरम निरासा बढ्दै गएकाे देखिन्छ । पुनर्गठित भनिएकाे समितिमा शिल्पी/दलित समुदायकाे प्रतिनिधित्व शून्यप्राय: छ भने शिल्पी/दलितबाट भएका पदाधिकारी र सदस्यहरुलाई नियतवश हटाउने काम भएकाे छ जुन खेद जनक भएकाेले त्यसकाे विराेध गर्नु परेकाे पनि साे विज्ञप्तिमा उल्लेख गरिएकाे छ ।

पार्टीलाई अत्यन्तै साँघुराे घेरामा राखेर निश्चित जातिगत संरचना बाहिर जान नसकेकै कारण पार्टीप्रति जनतामा विकर्षण बढेकाे छ । ईमान्दार, निष्ठावान एवम् जिम्मेवार पार्टी नेताहरूलाई निस्कृय र पार्टी छाेड्न बाध्य पारिएकाे जस्ताे अबस्थाहरु अहिलेपनि झेल्नु परिरहेकाे छ । नेतृत्वले विशाल हृदय बनाउन सकेन भने सिदान्त, बिचार र दर्शन एकातिर व्यवहार अर्काेतिर हुने गर्दछ । जसकाे कारण पार्टी बन्ने भन्दा झनै जनताकाे नजरमा गिर्ने र पतनउन्मुख दिशामा जाने निश्चित छ ।

पार्टीको बिधान अनुसार लोकतान्त्रिक पद्धतिमा रहेर पार्टीले अवलम्बन गरेको समानुपातिक समावेशीताको सिद्धान्त अनुसार पार्टीका सबै संरचनामा शिल्पी/दलित लगायतका सबै जातिसमुदायकाे प्रतिनिधित्व सुनिस्चित गर्न ध्यानाकर्षण गराउँदछाैँ । विगतमा पनि लिखित रुपमा पटक पटक ध्यानकर्षण पत्र बुझाईसकिएकाे छ र याे पटक पनि पार्टी सच्चिएन र प्रदेश १ काे पुनर्गठन प्रकृया सच्याईएन भने परिस्थितिले अर्कै माेड लिन सक्ने नरेश विश्वकर्मा,शान्त बहादुर घताल(प्रदिप),वालकुमार मुदेल र शशीकुमार विश्वकर्माद्वारा संयुक्त रुपमा हस्ताक्षरित प्रेस विज्ञप्ति मार्फत चेतावनी पनि दिईएकाे छ ।

समितिले यस अघिको प्रतिनिधि सभा तथा प्रदेश सभा चुनाबमा पनि समानुपातिक समाबेशिबाट शिल्पि दलितलाई पाखा लगाएको भन्दै प्रदेश १ समितिको इटहरी कार्यालयमा ताला लगाएका थिए । आगामी दिनमा समाबेशि गर्ने प्रतिबद्धता जनाए । तर त्यो प्रतिबद्धता प्रदेश १ पुनर्गठनमा बिर्सिए । आफुलाई समानुपातिक समावेशिको पार्टी भनेर हल्ला गरे पनि अरु पार्टी भन्दा फरक देखाएको पाईदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित