नबिन बस्नेत
काठमाडौ , ६ असोज । अहिलेको बिकाराल अवस्थामा गरिबीको कारणले गरेर मानव बेचबिखन बढ्दै गएको छ ।
गरिबी भनेको यस्तो चिज हो जस्ले गर्दा मानिसहरुले गरिबीको कारणले गरेर विभिन्न नकारात्मक काम गर्दै आएका छन । नेपालका कतिपय स्थानमा गरिबीको कारणले गरेर मानिसहरु भोकै बसिरहेका छन ।
मानव बेचबिखन नेपालको प्रमुख समस्या पनि बन्दै आएको छ । गरिबीको कारणले गरेर मानिसलाइ बिभिन्न प्रलोभन देखाएर , जागीर लागाइदिन्छु भनेर मानव तस्करहरु बढिरहेको छन । अशिक्षित त अहिलेको समयमा त कमै हुन्छन तर अशिक्षाको कारणले गरेर पनि मानिसहरु प्रलोभनमा परेर मानव बेचबिखनको सिकार बन्दै गएका छन।
नेपालको सन्दर्भमा मानव बेचन निकै बढि सङ्ख्या बढ्दै गरेको देखिन्छ । मानव बेचबिखनमा पर्ने पुरुषहरू पनि उत्तिकै रहे पनि महिलाजति खुलेर अगाडि आउन नसकेकाले संख्या नगन्य देखिएको अधिवक्ता अञ्जनकुमार दाहाल बताउँछन्। सरकारी र गैरसरकारी संस्थाहरूले पनि नेपालका सीमामा कडाइ गर्दा महिला र बालबालिकालाई नै हेर्ने भएकाले पुरुषहरूलाई बेचबिखनको परिभाषाभित्र अझ समेट्न नसकिएको उनी बताउँछन्। ‘विदेशमा बेचिएका पुरुषहरू पनि धेरै छन् तर उनीहरू तत्काल क्षतिपूर्ति पाइने भएकाले ठगीको मुद्दा हाल्छन्,’ उनले थपे, ‘स्वयंलाई बेचबिखन गरिएको भन्न हिचकिचाउने हुनाले पुरुष अगाडि आउन सकिरहेका छैनन्।’
Discussion about this post