इलाम (कन्याम) । आन्तरिक पर्यटन तथा बाह्य पर्यटनको लागि इलाम जिल्लाको कन्याम प्रख्यात छ । यतिबेला कन्याममा आन्तरिक तथा बाह्य पर्यटक निक्कै बढ्दोछ । त्यहाँको चियाबारी निकै मनमोहक छ । प्राकृतिक सुन्दरताकै कारण पर्यटक आउने गरेको छ । त्यहाँ घोडा चढ्ने विभिन्न जातिय समुदायको भेषभुषा लगाएर तस्बिर खिच्ने पिक्निक खेल्नेहरु निकै भेटिन्छ ।
म्युजिक भिडियो बनाउने तथा फिल्म सुटिङ गर्नका लागि इलाम कन्याम आउने गरिन्छ ।
Discussion about this post