नबिन रम्तेल। ४,असोज
ड्राईभिङ्ग स्कुल संघको १ नं प्रदेशको जम्बो टोलीसँग म यातायात ब्यबस्था कार्यालयल मेचीका अधिकृतहरुसँग चर्काचर्की भएको छ।
मेचीमा लिईने सवारी चालक अनुमतिपत्रको ट्रायल परिक्षामा ब्यबसायीहरुको गुनासो आएपछि अनुगमनका लागि पुगेको ड्राईभिङ्ग स्कुल संघ १ नं प्रदेश समितिको टोलीले यातायात ब्यबस्था कार्यालय झापामा पुगी समस्या राखेको हो।
कान्तिपुरको ट्रायल सेन्टरमा कसैले नदेख्ने गरि चारैतर्फबाट टिनको दुई तह घेराबारा गरेर ट्रायल लिनु,ट्रायलको एट फिगर कटेपछि मापदण्ड विपरित बढी टर्निङ्ग राखिएको,ग्यारेज एल पार्किङमा चाहिने भन्दा बढि पोल राखिएको,एउटा निजी कम्पनीसँग मिलेर अन्य ब्यबसायीलाई हतोत्साही बनाएको भन्दै कर्मचारीले जे गर्दा पनि हुन्छ यो देशमा ?भनेर सातो खाए ड्राईभिङ्ग स्कुल संघ १ नं प्रदेश समितिका अध्यक्ष बाबुराम प्रधानले लगाए।
यातायात ब्यबस्था कार्यालय मेचीका अधिकृत पदम कट्टेलले ड्राईभिङ्ग स्कुल ब्यबसायीका गुनासाहरु सुनी समाधान गर्ने बताए।उनले आफ्नै सरकारी ट्रायल स्पोर्टमा ट्रायल नगराउनुमा माथिल्लो निकायको हात रहेको बताउँदै कान्तिपुर ड्राईभिङ्गमा लगाएको टिनको बेरा खोल्न लगाउने र मापदण्ड पुरा नगरेका कुराहरूमा तत्काल पुरा गर्ने आश्वासन दिलाए।
कान्तिपुर ड्राईभिङ्ग एण्ड प्री ट्रायल सेन्टरलाई यातायात ब्यबस्था कार्यालय बिर्तामोडले १० बर्षका लागि करारमा लिएकोमा यातायातको आफ्नै ट्रायल सेन्टरलाई उपेक्षा गरेको मेची ड्राईभिङ्ग स्कुल एसोसिएसन झापाका उपाध्यक्ष राजन प्रसाईले बताए।
बिसौं बर्षदेखि ड्राईभिङ्ग ब्यबसाय गरिरहेकालाई
आफ्नै सरकारी ट्रायल सेन्टरलाई वेवारिसे छाडेर निजी ब्यक्तिको नाममा संचालित ड्राईभिङ्गमा सहमति गर्नुमा शंका लागेको खोटाङ्गे ड्राईभिङ्ग सेन्टरका संचालक धर्मराज शाहीको धारणा छ।
ड्राईभिङ्ग स्कुल संचालन गर्ने अनुमतिपत्र लिदा नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात ब्यबस्था विभागको सवारी चालक प्रशिक्षण केन्द्र संचालन निर्देशिका २०७४ अनुसारको मापदण्ड पुरा गरेर संचालन गर्न पाईने ब्यबस्था छ जुन रातो किताबमा उल्लेख भएको बताउँछन् ब्यबसायी योगेन्द्र पोखरेल।१७ दफा,८ अनुसूची भएको निर्देशिकाको मानव संशाधनमा मेकानिकल ईन्जिनियर अनिवार्य नियुक्ति गरिनुपर्ने जुन अब्यबहारिक देखिएको र सोहि कुरालाई अनिवार्य भनि ड्राईभिङ्ग दर्ता प्रक्रियामा झन्झट दिनुले ब्यबसायीहरु मारमा परेको बताउँछन् उनी।
यातायात ब्यबस्था निर्देशनालयका तत्कालीन अधिकृतका कारणले मापदण्ड नपुगेको भन्दै ड्राईभिङ्ग स्कुल खारेजी भएको भन्दै बिसौं बर्षदेखिका ब्यबसायीको मनोवल गिराएर पहुँचमा रहेकालाई पक्ष पोषण गरी सोहि अनुकुल गरेकोले दर्ता नविकरण भएका ड्राईभिङ्ग स्कुलहरुले पनि उक्त निर्देशिकाको दफा ११ (३) का अनुसार सार्बजनिक सडकमा प्रशिक्षण तथा अभ्यास गर्ने अनुमति तर्फ यातायात ब्यबस्था कार्यालयले कुनै पहल नगरेको गुनासो ड्राईभिङ्ग स्कुल संघ १ नं प्रदेश महासचिव गोपाल प्रसाद घिमिरेले गरे।
बिर्तामोडमा अवस्थित कान्तिपुर ड्राईभिङ्गको ट्रायल सेन्टरमा ट्रायल लिनुका कारण झापामा रहेका अन्य ब्यबसायीहरु मारमा परेको पटक पटकको गुनासो आएपछि संघको टोलीले अनुगमन गरेको थियो।
टोलीमा धरान,बिराटनगर,ईटहरी,दमक,बिर्तामोड गरी ५६ जनाको ड्राईभिङ्ग स्कुल संचालकहरु सहभागी रहेका थिए।
Discussion about this post