बिराटनगर । स्वास्थ्य संस्था जस्तो संवेदनशील क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मिमाथि भैरहेको निरन्तर आक्रमणको निन्दा सहित घोर भत्सर्ना गरिएको छ ।
नेपाल रेडियोलोजि सोसाइटीले प्रेस विज्ञप्ति जारी गर्दै लगातारको आक्रमण भएको भन्दै कार्वाहीको माग गरिएको छ ।
प्रेेस बिज्ञप्तीमा चरणबद्धरुपमा मिति २०८० भाद्र ७ गते हेटौंडाको सन्चो हस्पिटलमा कार्यरत डाक्टरहरु माथि कार्यकक्षमानै हातपात भएको जनाएको छ ।उक्त घटना सेलाउन नपाउदै मिति २०८० असोज १ गते बिहान सिरहा स्थिति आर.के मेडिसिटी अस्पतालमा कार्यरत रेडियोग्राफर स्वास्थ्य कर्मी रन्जित कुमार सिंहमाथि स्थानिय अराजक युवाहरुको समुहले आक्रमण गरेको जनाएको छ । त्यसैगरी असोज २ गते राति ११ बजे कञ्चनपुरको बेलौरी नगरपालिका श्रीपुर प्रााथमिक स्वास्थ्य केन्द्रमा कार्यरत घाउ सफा गर्दै गरेको अवस्थामा स्थानिय गजल्टे अराजक अभारा फटाहरुले प्रहरीकै अगाडि हातपात गरेको आरोप लगाएको छ ।
बिज्ञप्तिमा सबुत प्रमाण आँखा अगाडि हुँदा वा जाहेरी दिदा पनि पक्राउ गरि कार्बाही नगरिनुले नेपालमा स्वास्थ्य सेवा माथि नियतबस आक्रमण होइन भन्न सकिने अवस्था नरहेको भन्दै आपत्ति जनाएको छ । दोषी माथि कानुनको दायरामा ल्याई कडा भन्दा कडा कार्बाही गरि स्वास्थ्य सेवालाई सुरक्षित र भरपर्दो बनाउन सम्बन्धित सबै सरोकारवालाहरुको ध्यानाकर्षण गरिएको छ । साथै स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा संबंधि ऐेन २०७८ (पहिलो संंसोधन २०७९ ) बमोजिम कार्बाही गर्न र उक्त ऐेन कार्यन्वयन गर्न सबै सरोकार मन्त्रालय, आयोग स्वास्थ्यकर्मीहरुको हक हितमा काम गर्ने संगठनहरु गम्भीर भईदिन पनि जोडदार माग गरीएको छ ।
Discussion about this post