धरान । २०७२ सालम जारी भएको संविधान विभेद छ भन्दै बिगतमा जस्तै धरानमा बिरोध जनाउदा प्रहरी हस्तक्षेप भएको छ ।
बुधबार दिउँसो मंगोल नेशनल अर्गनाइजेसन डा. गोपाल गुरुङ,राष्ट्रिय जनमुक्ति पार्टी,समाजवादी युवा संघ,संघीय लोकतान्त्रिक राष्ट्रिय मन्चले असोज ३ कालो दिन भनेर बिरोध गर्दा प्रहरीले हस्तक्षेप गरेको छ ।
एमएनओको कार्यालयबाट संयुक्त रुपमा निस्किदा प्रहरीले हस्तक्षेप गरेका थिए । नाराबाजी सहित निस्केको जुलुसले लोकतान्त्रिक चौतारीमा कोणसभा गरेका थिए ।
त्यसभन्दा अघि बुधबार बिहान मात्र स्थानीय सरकार धरान उपमहानगरले संविधान दिवस मनाएका थिए । तर त्यसबेला ईलाका प्रहरी कार्यालय धरानका डिएसपी न आएको भन्दै मेयर साङ्पाङ डिएसपीमाथि खनिएका थिए । असोज ३ कालो दिनमा भने डिएसपीकै कमाण्डमा हस्तक्षेप गर्न पुगेका थिए ।
बिरोध गर्दै कोणसभामा अमित याक्खा,बिष्णु थाम्देन,करुण राई लगायतले बोलेका थिए । बक्ताहरुले २०७२ सालदेखि नै संविधान विभेदकारी रहेको भन्दै कालो दिन मनाएको बताए । सबै संविधानका धारा खराब नभै केहि धाराहरु विभेदकारी रहेको भन्दै त्यसलाई संशोधन गर्न माग गरे । धर्म निरपेक्ष लेखेर घुमाउरो पारामा हिन्दु सनातन लाद्न खोजेको आरोप लगाए । खस आर्य संबैधानिक जात बनाएको भन्दै अन्य जाति समुदाय चहि के हो भन्दै प्रश्न गरे ।
बक्ताहरुले अव प्रदेश १ को नाम कोशी पनि नरहने भन्दै पछिल्लो समयमा धरानको गोरु काण्डमा मुछिएका अनि पितृ बुझाउदा गोरुकाट्ने प्रचलन संविधान बिरोधि रहेको भन्दै पक्राउ गर्न चुनौती दिए ।
Discussion about this post