धरान । संविधान दिवसमा ईलाका प्रहरी कार्यालयका डिएसपी नवराज मल्ल अनुपस्थित भएपछि सार्वजनिक स्थानबाट मेयर हर्क साङ्पाङले असक्षम घोषणा गरेको छ ।
संविधान दिवस पालना गर्दै बिहान प्रभावफेरिको आयोजना गरेका थिए । तर सो समयमा ईलाका प्रहरीका डिएसपी अनुपस्थित थिए । लोकतान्त्रिक चौतारीमा राष्ट्रिय झण्डा झण्डोत्तलन गर्दै डिएसपी मल्ल न आएकोमा आक्रोश पोखे ।
मेयर साङ्पाङले लोकतन्त्रमा जनताले चुनेको जनप्रतिनिधिले बोलाएकोमा आउनुपर्ने बताए । तर किन आएन कस्ले भनेर के कारणले आएन भनेर प्रश्न उठाए । प्रहरीले संविधान पालना नगर्ने भएर न आएको होकि भनेर प्रश्न गरे । उनले डिएसपी मल्ललाई के खालको र कस्तो खालको जागिर खाएको भनेर प्रश गरेका थिए । यस अघि नै डिएसपीको कामप्रति असन्तुष्ट जनाएको मेयर साङ्पाङले गृहमन्त्रीलाई पत्र पठाएको जनाए । साङ्पाङले एउटा सरकारले भनेको अर्को सरकारले नमान्ने भए धरान अर्कै हुने भन्दै त्यसो गर्न नहुने बताए ।
आफु जस्तो कडा उस्तै खालको कडा प्रहरी हुनुपर्ने बताए । प्रहरीको बर्दी देख्दा अपराधी धराउने खालको हुनुपर्ने बताए । तर धरानमा ठिक उल्टो भएको बताए । तस्करी पक्राउ गर्न भन्दा पक्राउ नगर्ने,झगडा भयो भन्दा घटना स्थलमा नजाने प्रहरी भन्दै डिएसपी मल्लप्रति आक्रोश पोखे ।
Discussion about this post