धरानका सामुदायिक विद्यालय अनिश्चितकालका बन्द गर्ने,दुहबी नगरपालिकाले पठनपाठन अवरोध गरे कार्वाही गर्ने,मन्त्रालयद्वारा वार्ता बोलायो

धरान । संसदमा पेश भएका शिक्षा ऐनलाई लिएर देशभर शिक्षक महासंघले आन्दोलन गर्ने चेतावनी दिइरहेकोबेला धरानका सामुदायिक विद्यालयहरु पनि अशोज ६ गतेदेखि अनिश्चित कालका लागि बन्द गर्ने चेतावनी दिएको छ ।

सोमबार शिक्षा,युवा खेलकुद महाशाखा धरानलाई जानकारी पत्र लेख्दै आन्दोलन परिचालन समितिले असोज ३ गतेदेखि पुर्णरुपमा बिद्यालय बन्द गर्ने जनाएको छ । शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक शिक्षक मैत्री नभएको भन्दै नेपाल शिक्षक महासंघले घोषणा गरेको शैक्षिक आन्दोलनको कार्यक्रम अनुसार यस घरान उपमहानगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयहरु असोज ३ देखि पूर्णरुपमा बन्द रहने उल्लेख छ ।

दुहबी नगरपालिकाले कार्वाही गर्ने
यसैगरी शिक्षक महासंघले असोज ३ गतेदेखि गर्ने भनिएको पठनपाठन बन्दको अस्वीकार गरेको छ । दुहबी नगरपालिकाले प्रेस बिज्ञप्ति जारी गर्दै संघीय संसदमा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयकको सन्दर्भलाई लिएर शिक्षकहरुले विद्यार्थीको नियमित पठनपाठनमा प्रत्यक्ष बाधा पर्ने गरी विद्यालय बन्दसम्मको कार्यक्रम आयोजना गरेको बुझिएको हुँदा शान्तिपूर्ण आन्दोलन गर्ने र आफ्ना मागहरु सम्बन्धित निकायसमक्ष राख्ने छुट तथा अधिकार सबैलाई भएको उल्लेख छ ।

आफ्नो अधिकारको प्रयोग गर्दा अर्काको अधिकार हनन भएको छ/छैन भन्ने विषय महत्वपूर्ण हुने सचेत गराएको छ । विद्यालयका बालबालिकाको शिक्षण सिकाइ नियमित र प्रभावकारी रुपमा गरी सिकाइ उपलब्धिमा सुधार गर्नु एकमात्र ध्येय शिक्षकहरुको रहनु पर्नेमा बालबालिकाको सिकाइमा नै बाधा उत्पन्न हुने गरी विद्यालय बन्द हड्ताल गर्नु कदापि स्वीकार्य नहुने उल्लेख छ । नियमित रुपमा कानुनतः विद्यालय बिदा हुने दिनबाहेक सदा झै नियमित उपस्थित भएर पठनपाठन निरन्तर सञ्चालन गर्न गराउन भनिएको छ । जसका लागि दुहवी नगरपालिका अन्तर्गत सञ्चालित सम्पूर्ण विद्यालय,विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक, शिक्षक विद्यालय कर्मचारीहरुमा निर्देशन जारी गरेको उल्लेख छ । बिज्ञप्तिमा निर्देशनको अवज्ञा गरी कानुनविपरित विद्यालयमा नियमित पठनपाठन अवरोध गरेको पाइएमा दुहवी नगरपालिका शिक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७७ को दफा ११२ तथा प्रचलित कानुन बमोजिम कार्वाही गरिने बताएको छ ।

                  वार्ता आह्वान
शिक्षा विधेयकक्क विषयलाई लिएर विद्यालय बन्द गर्ने चेतावनी दिएपछि शिक्षा मन्त्रालयले वार्ता आह्वान गरेको छ । शिक्षा मन्त्रालयले बिज्ञप्ति जारी गर्दै विधेयक तयार गर्दा महासंघसंग बसेर छलफल गरी अन्तिम रुप दिएको उल्लेख छ ।

महासंघले उठाएका कतिपय मागहरु विधेयक पारित भएपश्चात तर्जुमा हुने नियमावली तथा नेपाल सरकारको नीतिगत निर्णयबाट समेत सम्बोधन हुने प्रकृतिका रहेका छन् ।

नेपाल शिक्षक महासंघले विभिन्न माग राखी यही असोज ३ गतेदेखि आन्दोलनका कार्यक्रम घोषणा गरेको प्रति नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको गम्भिर ध्यानाकर्षण भएको
छ।

महासंघले आकस्मिक रुपमा संविधान दिवसको दिनबाट घोषणा गरेको विद्यालय बन्द र आन्दोलनका कार्यक्रम स्थगन गर्न आग्रह गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीको संयोजकत्वमा असोज २ गते दिनको ३:०० बजे मन्त्रालयमा हुने वार्तामा सहभागी हुन शिक्षक महासंघलाई आग्रह गरीएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित