धरान । फलामको सामान पुर्जा र उसको कर्मलाई गरिने सम्मान विश्वकर्मा पुजा धरानमा हिन्दु र क्रीस्चियन धर्मावलम्बीले सामुहिक रुपमा मनाए ।
असल यातायातको आयोजनामा धरान उपमहानगर वडा नम्बर ४ का वडा अध्यक्ष धनबहादुर राईको प्रमुख आतिथ्यमा पुजा भएको हो । वडा अध्यक्ष राईले पछिल्लो समयमा धार्मिक सद्भाव खलबलिने अभिव्यक्ति सामाजिक संजालमा आइरहेको बेला दुबै पक्षहरूले गरिको काम अति राम्रो भएको जनाए । उनले भने – “धरानमा मात्र नभएर नेपालमै पहिलोपटक होला यसरी मनाएको ।” धरानमा शनि मन्दिर नजिक बिश्वकर्मा मन्दिरमा पुजा हुने भन्दै त्यहाँ भएको भए बिश्वासीहरु जाने थिएन तर वडा परिसरमा मनाउदा दुबै समुहलाई सहज भएको बताए । उनले आगामी दिनमा पनि यसरी नै अन्य सबै वडामा मनाउन सकिने बताए । विश्वकर्मा पुजा भन्ने बित्तिकै मन्दिर जाने चलन भएको भन्दै फलामको पुजा गर्दा फलानो हिन्दु मुस्लिम क्रीस्चियन भएको बताए । तर त्यसो हुन नहुने अध्यक्ष राईले बताए । वडामा सेवाग्राही आउदा क्रीस्चियन हिन्दु बौद्ध नभनिए जस्तै विश्वकर्मा पुजा पनि वडा परिसरमा मनाउदा तेस्तै भएको बताए ।
असल यातायातका फाउन्डर अनि क्रीस्चियन धर्मका पास्टर समेत रहेका चन्द्र सोताङले एक आपसको सद्भावको लागि पनि सामुहिक पुजाको आयोजना गरेको बताए । जहाँ हिन्दु क्रीस्चियन मात्र नभै मुस्लिम बौद्ध समेत रहेको बताए ।
असल यातायातका अध्यक्ष कृष्ण चाम्लिङले समस्याका बाबजुद टेम्पो व्यावस्थापन भएको भन्दै स्थानीय सरकारले व्याबस्थापन गर्न माग गरे । असल यातायातमा आवद्ध भएका टेम्पो चालकले यात्रुले सामान तथा पैसा छोडेको र फिर्ता गर्दाको रोचक रमाइलो दुख लाख्दो अनुभव सुनाए । चिसेफायुले यात्रुको समस्यामा राखेको जिज्ञासामा जेठा कुलुङ , कान्छ तामङ,शेरबहादुर चाम्लिङले आ आफ्ना अनुभव सुनाए । एकजनाले भने टेम्पोमा अहिलेसम्म पाँच वटा मोबाइल छोडेर फिर्ता गरे । तिनवटा मोबाईल फिर्ता गर्दा धन्यवाद मात्र पाएको दुखेसो पोखे । तेल हालेर पुर्याउन गएको धन्यवाद दिएपछि त्यसले के हुन्छ? उनले भने दोस्रोपटक दुईवटा मोबाइल फिर्ता गर्दा भने चार्ज लिएको बताए ।
यसरी अनुभव शेयर गर्ने क्रममा असल यातायातका फाउडर चन्द्र सोताङले मासु छोडियो भने फिर्ता हुदैन भन्दा सबैको हाँसो भयो । मासु छोडिदा कुहिएर खराब हुने भएकोले फिर्ता नहुने स्पष्ट पारे । मासुकै कुरा गर्दा अर्का एक चालकले एक दिन सुँगुरको मासु करिब दुई किलो छोडेको बताए । भोलिपल्ट हेर्दा गन्हाएर दुर्गन्ध भएको बताए । उनले एकपटक ५४ हजार रुपैया र एकपटक १४ हजार रुपैया टेम्पोमा छोडेको फिर्ता दिएको बताए । भौडिबाट लगेर गएको यात्रुले छोडेको सामान हेर्दा हजारको नोट रहेको ५४ हजार पछि फिर्ता दिएको बताए । त्यसैगरी बुढासुब्बा जाने क्रममा दुई महिलाको १४ हजार छोडेको फिर्ता गरेको बताए । यसरी फिर्ता गर्दा एक सय रुपैया जबर्जस्ती थमाएको बताए ।
अर्का एक चालकले मोबाइल छोडेको यस्तै अनुभव सुनाए । छोडे मोबाईलमा कल आउदा मेरो मायालु बुडि नाममा सेभ गरेको बताए । उनले कल उठाएर के छ मायालु बुढि भन्दै उठाएको अनुभव सुनाए । उनले पुर्याउन आउनु भन्दा आफै आउने भन्दै रोकेको बताए । एउटा मज्दुरको समस्या बुझेको भए आउदा जाँदा सय सय गरेर दुई सय जानेमा भानुचोकसम्म जाँदा सय दिएको भए आफु पनि खुशि हुने उनको भनाई थियो ।
असल यातायातले अहिले धरान २ र ३ को माचा भौडिमा स्टेन राख्ने गरेको छ । त्यसैगरी अर्को स्टेन काठेपुलमा रहेको छ ।
Discussion about this post