विश्वकर्मा पुजाको पूर्व सन्ध्यामा साधुसन्तहरुद्वारा कला प्रस्तुत

धरान,भदौ ३१ गते।
श्री श्री १०८ बाबा विश्वकर्माको मन्दिर प्राङ्गणमा साधु सन्तहरुले विश्वकर्मा पुजाको पुर्व सन्ध्यामा भजन कृतन तथा आ -आफ्नो कला प्रस्तुत गरेका छ्न्।

धरानको प्रवेशद्वार तिनकुनेमा अवस्थित विश्वकर्मा मन्दिरमा हरेक बर्ष असोज १ गते धुमधामसँग पुजा आजा गर्ने गरिएको छ।

सुनसरी,मोरङ्ग,झापा,उदयपुर,धनकुटा जिल्ला लगायत टाढा टाढाबाट समेत गरि २ सयको हाराहारीमा साधुसन्तहरु विश्वकर्मा मन्दिर तिनकुने धरानमा २ दिन अगाडि देखिनै भेला भएका छ्न्।

महिला तथा पुरुष साधु सन्तहरुलाई खाने बस्ने ब्यबस्था मन्दिर ब्यबस्थापन समितिले गरिरहेको श्री श्री १०८ विश्वकर्मा मन्दिर ब्यबस्थापन समितिका अध्यक्ष सुवास श्रेष्ठले जानकारी दिनु भयो।

नेपालकै पहिलो र ठुलो विश्वकर्मा मन्दिर धरानमा भएको हुनाले खास महत्व छ र भोली असोज १  गते प्रमुख अतिथि धरान उपमहानगरपालिका उपप्रमुख आईन्द्र बिक्रम बेघा आउने जानकारी अध्यक्ष श्रेष्ठले बताउनु भयो।

विश्वकर्मा पुजा पश्चात सोहिदिन देखि नै नजिकका साधु सन्तहरु आ आफ्नो गन्तव्य तर्फ फर्किने र टाढाका बाबाआमालाई असोज २ गतेदेखि समितिले बिदाई गर्ने समेत जानकारी
नयाँ  तथा चालु अवस्थामा रहेकासवारी साधनको पुजा गर्न मन्दिरमा लगिने चलन छ र अघिल्लै दिनदेखि नै सवारी साधन लाईनमा राखेर पालो पर्खेका कारण अत्याधिक चाप हुने गरेको कुरा तिनकुने अस्थायी प्रहरी चौकीका प्रहरी सहायक निरिक्षक रुद्र खड्का बताउनु हुन्छ। तरपनि ब्यबस्थापनमा कुनै कमजोरी नहुने बताउनुहुन्छ प्र.स.नि.खड्का।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित