कोखाको पाईप होइन हिम्मत भए मेरो गर्धन काट – मेयर साङ्पाङ(भिडियो/ फोटो)

 

धरान । केहि दिन अघिमात्र कोखाबाट ल्याएको पानीको पाईप काटेपछि दुखित हुदै मेयर हर्क साङ्पाङले आफ्नो घाँटि काट्न भने ।

मेयर साङ्पाङले शनिवार श्रमदानमा वृक्षरोपण गर्ने क्रममा यस्तो भनाइ राखेका थिए । तेत्रो दुख गरेर ल्याएको पानी भन्दै हिम्मत भए मेरो गर्धन काटेर देखाउन भने । मेयर साङ्पाङले पहिलाको घटना पनि स्मरण गर्दै आगो लगाएर पाईप डढाएको बताए । तेतिबेला पाईप जोगाउन ५ घण्टासम्म लगाएर आगो निभाएको बताए ।

उनले कोखा खोलाको पानी ल्याउदा तत्कालीन समयमा मुद्दा हाल्ने बाटो छेक्ने गरेको बताए । तर पनि पेलेर ठेलेर ल्याईपौर्‍याएको पाईप आज काटिएदिएको बताए । यसरी पाईप काड्दा पनि धराने जनतालाई नै घाटा हुने भन्दै त्यहि पाईप काट्ने मान्छेको घरमा पनि पानी पुगेको बताए । लुकिछिपि जनताको घरमा जाने पानी काट्नुपर्ने आवस्यकता किन परेको भन्दै प्रश्न गरे ।

उनले चुनावी घोषणापत्र अनुसार काम गरिरहेको बताए । पानी खुवाउछु भनेकोले मुहान बढाउन वृक्षरोपण गरेको बताए । दीर्घकालीन समाधानको कोशिको पानी भन्दै हप्तामा तीनचार पटक फोन हुने बताए ।

शनिवार पनि ब्यापक रुपमा वृक्षरोपण भएको छ । श्रमदानमा सयौको संख्यामा आएर वृक्षरोपण गरिएको छ । शनिवार किरात राई यायोक्खा जिल्ला कार्य समिति सुनसरीबाट दुई सयजना बढि उपस्थिति भएको कुरा अध्यक्ष राजेन्द्र राईले बताए । त्यसैगरी कोशि नाम खारेजी संयुक्त संघर्ष समिति केराबारीबाट पनि वृक्षरोपणमा सहभागी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित