माओवादी चौदण्डीगढी नगर कमिटीले गर्यो सरसफाइ

दिपेश रोक्का / बेल्टार
बेल्टार , ३० भदौ । उदयपुरको चौदण्डीगढी माओवादी नगर कमिटीले चौदण्डीगढी नगरमा रहेको पर्यटक स्थल कुवाखानीमा सरसफाइ गरेको छ ।

कुवाखानीमा जताभाबी फोहोरले पर्यटक स्थल नराम्रो देखीएको थियो । कुवाखानीमा आन्तरिक तथा बाहय पर्यटकहरुको घुम्न आउने गरेका छन । पर्यटक स्थलको बाताबरण सरसफाइ नभएको कारण पर्यटकहरुपनी थोरै आउने गर्दछन ।

जनता संग माओवादी अन्तर्गत हामीले यश अभियानलाई सञ्चालन गरेको तथा यश अभियान अन्तर्गत हामीले सरसफाइ कार्यक्रम गरेको चौदण्डीगढी माओवादी नगर कमिटी उपाध्यक्ष हिरा थापाले बताउनु भयो ।

पर्यटक स्थल भित्र जथाभावी फोहोर फालेको कारण गर्दा नराम्रो देखीएको तथा यसलाई व्यवस्थापन गर्न स्थानीय सरकारले चासो नराखेको उपाध्यक्ष थापाले बताउनु भयो ।

स्थानीय सरकार , जनप्रतिनिधिहरुलाई बोलाएर ध्यानाकर्षण गराएका छन । सरसफाइ कार्यक्रममा माओवादी नगर कमिटीका सदस्य , युवा , महिलाहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित