नविन रम्तेल
धरान।भदौ २९ गते । आशिष बचत तथा सहकारी संस्था लि. को १३ औं साधारण सभा सम्पन्न धरानको द रत्ना ईन होटलको सभाहलमा आज सम्पन्न भएको छ।
धरान उपमहानगरपालिकाका उपप्रमुख आईन्द्र बिक्रम बेघाले प्रमुख अतिथिको रुपमा बोल्दै राज्यले निर्धारण गरेका घेरा भित्र रहेर काम गरेमा आशिष सहकारी जस्तै सफल हुन सकिन्छ भनेर उदाहरण प्रस्तुत गर्नुभयो।उहाँले धरानको जनसंख्यालाई मध्यनजर गरेर बढिमा ३५ वटा सहकारी हुनुपर्नेमा ८० भन्दा बढि सहकारी भएकैले समस्या भएको बताउनु भयो।
स्थानीय सरकारको सहकारी समन्वय समिति भएको नभएको सहकारी डुबेको हल्ला सँगै बचतकर्ताको सुरक्षित बचत फिर्ता गर्नेमा नगर सरकारका कस्ता कदम देख्न पाईन्छ भन्दै विशेष अतिथिको रुपमा रहेका प्रबोध साप्ताहिक पत्रीकाका प्रधान सम्पादक लम्जेल संघर्षशीलले प्रमुख अतिथिमा रहनु भएका बेघा तर्फ इङ्गित गर्दै खरो प्रश्नहरु गर्नुभयो वहाँले नेपाल सरकारको युवा स्वरोजगार कार्यक्रम के हुँदैछ? आशिष जस्ता चलायमान सहकारीलाई परिचालनको लागि पहल गर्न समेत माग गर्नु भयो।
१ हजार २ सय १४ शेयर सदस्य रहेको भनिएको आशिषको साधारणसभामा सय सबा सयको मात्रै उपस्थिति हुनु अलि असान्दर्भिक देखिएको राष्ट्रिय सहकारी बैक धरान शाखाका प्रबन्ध सम्झना दाहलले बताउनु भयो ।प्रत्युत्तरमा उल्लेख्य शेयर सदस्यहरु उपस्थिति नहुनुमा सहकारी शिक्षाको आवश्यकता रहेको सभापति शोभा दाहलले बताउनु भयो।
अनेक आर्थिक संकटका बेला समेत अटुट चलिरहेको आशिष सहकारीले समुदाय स्तरमा निकै राम्रो छाप छोडेको विशेष अतिथिकोरुपा रहेका महाप्रतिवाद साप्ताहिकका प्रधान सम्पादक तारा लामगादेले बताउनु भयो।
१ हजार २ सय १४ जना शेयर सदस्यहरु रहेको आशिष सहकारीले बर्सेनि रक्तदान,खेलकुदमा आर्थिक सहयोग जस्ता गतिविधि गर्दै सामाजिक कार्यमा समेत अग्रसर रहदै आएको छ। २७ करोड ६५ लाख ३३ हजार १३२बराबरको आ.ब. ०७९/८० मा कारोबार गरेको छ ।धरानको २० वटै वडालाई आफ्नो सहकारीको कार्यक्षेत्र बनाएको आशिष सहकारीको चुक्ता शेयरपूँजी १ करोड २२ लाख ७० हजार रहेको अध्यक्ष शोभा दाहालद्वारा प्रस्तुत प्रतिवेदनमा जनाईएको छ।
१३ औं साधारणसभाको अवसरमा बिभिन्न विधामा सम्मान तथा पुरस्कार समेत वितरण गरिएको थियो।
ज्येष्ठ नागरिक सम्मानबाट लांघाली सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष झमक मगर ,ईमान्दारी साथ आफ्नो ऋण चुक्ता गर्ने असल ऋणी धरान-५ का प्रकाश लिम्बु,आशिषका कर्मचारीहरु क्यामिका राई,मुना बि.क, सितल तामाङ्ग र रबिन भण्डारीलाई समेत पुरस्कृत गरिएको थियो।
प्रबन्धक सुरेन बनेमले संचालन गरेको उक्त कार्यक्रममा आर्थिक प्रतिवेदन महिन्द्र बोगटीले प्रस्तुत गर्नुभयो।कमल प्रसाद गिरीले स्वागत मन्तव्य तथा सभापतित्व शोभा दाहालको रहेको थियो।
Discussion about this post