धरान । मेयर हर्क साङ्पाङ पदमा निर्वाचित भएपछि धरानको मुटु भानुचोक सरसफाई अभियान थालेका थिए । त्यसलाई निरन्तरता दिदै हरेक बिहिवार स्वतन्त्र नागरिक समाजले बेलुकि ७ बजेदेखि ९ बजेसम्म सरसफाइ गर्ने काम भैरहेको छ । सोहि अनुसार बिहिवार पनि स्वतन्त्र नागरिक समाजको अगुवाईमा लोकतान्त्रिक चौतारी,घण्टाघर परिसर सबै झाडु लगाएर सफाएको छ । सो अवसरमा धरान उपमहानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष धनबहादुर राई पनि सरसफाइमा संलग्न भै सफाई गरेका थिए ।
Discussion about this post