एन प्याब्सन कानेपोखरीको आयोजनामा हाजिरी जवाफ, हिज्जे,निबन्ध लेखन प्रतियोगिता कार्यक्रम सम्पन्न

दिपेश रोक्का / कानेपोखरी
कानेपोखरि , २५ भदौ । एनपब्सन कानेपोखरी समितिको आयोजनामा ५९ औ राष्ट्रिय बाल दिवसको अवसरमा हाजिरि जवाफ , हिज्जे , निबन्ध लेखन प्रतियोगिता रमाइलो जनएकताको सभा हलमा मंगलबार सम्पन्न भएको छ ।

बालबालिकामा लगानी : सुनिश्चित भविष्यको थालनि भन्न्ने नाराका साथ कार्यक्रम गरिएको अध्यक्ष अर्जुन राईले बताउनु भयो । अगामि दिन एनप्याबसनले विभिन्न्न कार्यक्रमको आयोजना गर्ने अध्यक्ष राईले बताउनु भयो ।

कार्यक्रममा गाउँपालिका भरि निजि तथा सार्वजनिक बिधालयका बिद्यार्थीहरुको उपस्थित रहेको थियो । हिज्जे प्रतियोगितामा ८ निजि तथा सार्वजनिक बिधालयको उपस्थिति जनाएको थिए । जस मध्ये हिज्जे प्रतियोगितामा पहिलो स्थान आर्दश स्कुल , दोस्रो स्थान माउन्ट हर्मोन , तेस्रो स्थान सर्च लाइटले सफलता हात पर्न सफल भएको थियो ।
त्यस्तै निबन्ध प्रतियोगितामा पहिलो स्थान पिनाकल ग्यान मन्दीर कि बिद्यार्थी अर्पना पौडेले प्रथम स्थान हासिल गर्नु भएको थियो । दोस्रो हुनेमा माउन्ट हर्मोन कि बिद्यार्थी दिपिका गज्मेर , मकालु मोरङ कि बिद्यार्थी नबिना दासले तेस्रो स्थान हासिल गर्नु भएको थियो ।

हाजिरी जवाफ तर्फ माउण्ट हर्मोनले प्रथम स्थान हासिल गरेको थियो भने मकालु मोरङ बोर्डिङ स्कुल दोस्रो , रमाइलो बालजगत बोर्डिङ स्कुल तेस्रो स्थान हासिल गर्न सफल भएको थियो ।।

कार्यक्रमलाइ सम्बोधन गर्दै प्रमुख अतिथि एन प्याब्सन केन्द्रिय उपाध्यक्ष किताबि ज्ञानले मात्र हुदैन बिद्यार्थीहरुलाई परिक्षा मुखि भएर रहेको ज्ञानले अगाडि बढाउन सहयोग गर्छ भनेर जय बहादुर श्रेष्ठले बताउनु भयो । उहाँले निजि बिद्यालयहरुले पैसा असुलि मात्र गर्छ भनेर नभन्नुस भनेर एन प्याब्सन केन्द्रिय उपाध्यक्ष जय बहादुर श्रेष्ठले बताउनु भयो ।

कार्यक्रममा बिद्यार्थी शिक्षक , कानेपोखरि ६ वडा अध्यक्ष खडग बहादुर बस्नेत तथा कानेपोखरि शिक्षा शाखा प्रमुख बेगबहादुर काफ्ले , एनप्याबसन मोरङका अध्यक्ष शुनिल दत्त अधिकारी , एनप्याबसन मोरङका सहकोषाध्यक्ष राजेश कार्कि , एन्प्याबसन मोरङ जिल्ला सदस्य दिपक चौलागाईंको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन एन प्याब्सन  कानेपोखरीका सचीब महेन्द्र बोहराले गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित