पुर्व मेयर मनोज मेयाङ्बो र अशोक अग्रवाल एयरपोर्ट जग्गाठगिमा संलग्न

धरान । बिगत २० वर्ष अघि एयरपोर्टको लागि भन्दै किनिएको जग्गामा पुर्व मेयर मनोज मेयाङ्बो र यति कर्पोरेटमा अशोक अग्रवाल जग्गा ठगिमा संलग्न भएको आरोप लागेको छ ।

धरान उपमहानगरका मेयर हर्क साङ्पाङले सामाजिक संजाल फेसबुकमा एयरपोर्टको जग्गामा ठगिमा संलग्न रहेको जनाएको छ । मेयर साङ्पाङले स्टाटस लेख्दै – “२० बर्ष अघि एयरपोर्ट बनाउने भनेर किनेको जग्गा व्यक्तिगत नाममा राखेर बेच्बिखन हुँदैछ भन्ने सुनेर तत्कालीन यतिका प्रतिनिधि अशोक अग्रवाल र पूर्व मेयर मनोज मेनेङ्बोलाई बारम्बर बोलाउँदा पनि उपस्थित नहुनुले ठगीमा उनीहरु पनि सम्लग्न रहेको बुझाउँछ ! अन्तिम चोटि यो २ गते फेरि बोलाको छु ! त्यस पछि मुद्दा दायर गरिनेछ !”

भदौ २५ गते दुबै जनालाई बोलाउदा पनि उपस्थित नभएको जनाएको छ । पछिल्लो समयमा आएर पुर्व मेयर मनोज मेयाङ्बोले मेयर हर्क साङ्पाङको काम क्रियाकलापप्रति निक्कै आलोचना गर्दै आएका छन ।

हाल धरान १७ मा रहेको जग्गा दुई बर्गमा विभाजन गर्दै तत्कालीन मेयर कुमारबहादुर कार्कीको कार्यकालमा प्रति कठ्ठा २८ हजार र ३२ हजारको दरमा खरिद गरिएका थिए । यसरी संझौता पुर्व मेयर समेत रहेका मनोज मेयाङ्बोको पनि उपस्थिति संझौतापत्रमा देखिन्छ ।

संझौतामा एयरपोर्ट नबन्ने अवस्था आएमा सम्बन्धित जग्गा धनिलाई नै तत्कालीन खरिद गरिएको दरमा फिर्ता गर्ने उल्लेख छ । तर लामो समय भैसक्दा एयरपोर्ट बन्ने नबन्ने अत्तोपत्तो छैन । तर यति कर्पोरेटको नाममा रहेको जग्गा पछिल्लो समयमा आएर बिक्रि भैरहेको भन्ने कुरा आएपछि मेयर साङ्पाङले जग्गा धनिको गुनासालाई छलफलमा ल्याएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित