धरान । नेकपा एमालेको युवा भातृसंगठन युवा संघको महाधिवेशन धरानमा हिने भएपछि ब्यानरमा कोशि नलेख्न कोशी पुनः नामांकन संयुक्त संघर्ष समितिले आग्रह गरेको छ ।
संघर्ष समितिले प्रेस बिज्ञप्ति जारी गर्दै युवा सङ्घको २०८० भदौ २३ र २४ गते सुनसरीको धरानमा हुने प्रदेश महाधिवेशनमा प्रयोग हुने प्रचार सामग्रीमा ‘कोशी’ नलेख्न सङ्गठनका नेताहरूलाई विज्ञप्ति मार्फत जानकारी गराएको उल्लेख छ । बिज्ञप्तिमा `हामी प्रष्ट छौं, प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समिति कुनै पनि सङ्गठन र समुदायको विरोधी होइन । पहिचानको आन्दोलन ‘कोशी’ खारेजी नभएसम्म एकपछि अर्को बढ्दै जानेछ । आन्दोलनको क्रममा ‘कोशी’ लेखिएको बोर्ड, ब्यानर, छाप मेट्ने, हटाउने, च्यात्ने कार्य निरन्तर छ ।´
साथै संघर्ष समितिले चार बुँदे धरानमा कोशी’ नलेख्न र ती सांसद र व्यक्तिलाई नल्याउन / नबोलाउन पनि बिज्ञप्तिमा भनिएको छ ।
१) अधिवेशनको ब्यानर लगायत कुनै पनि प्रचार सामग्रीमा ‘कोशी’ नाम नलेख्न र उच्चारण नगर्न ।
२) ‘कोशी’ नाम राख्न हस्ताक्षर गर्ने ८२ जना मध्येको कुनै पनि प्रदेश सांसद र जायज माग सहितको जनताको आन्दोलनलाई अपशब्द प्रयोग गरी गाली गर्ने पूर्वप्रधानमन्त्री केपी ओली, पूर्वमन्त्री योगेश भट्टराई र उचालेको भरमा आफ्नै समुदाय विरुद्ध उत्रिने छितिज थेबेलाई कार्यक्रममा नबोलाउन आयोजक पक्षलाई आग्रह गर्दछौं ।
३) २०८० भदौ ८ गते धनकुटाको चौबिसे गाउँपालिका-६, राजारानी टुक्रे, तयालुङ चोकमा कालो झण्डा देखाउने क्रममा पहिचानवादी नेता कार्यकर्ताहरू दीवा चेम्जोङ, बुलुन लिम्बु, शुक्रबहादुर लिम्बु, सानुकुमार लिम्बु, आरामकुमार लिम्बु लगायतलाई जिल्ला प्रहरी कार्यालय धनकुटाले लगाइएको मुद्दा फिर्ता लिनुपर्ने ।
४) यसै सन्दर्भमा २०८० भदौ २० गते धरानमा दुई पक्षवीच छलफल भए पनि निष्कर्ष निस्की नसकेको र आधिकारिक विज्ञप्ति सार्वजनिक नभएकोले भ्रममा नपरी खराब अभिव्यक्ति र ‘कोशी’ नाम विरुद्ध हुने प्रदर्शनको तयारीमा लाग्न सबैमा आह्वान गर्दछौं ।
शान्त सुन्दर रहेको धरानमा एकपछि अर्को अशान्ति मच्चाउने शान्ति खलबलाउने प्रपंच भैरहेको छ । धरानमा यस अघि सर्दु जलाधारको विषयलाई लिएर मेयर हर्क साङ्पाङको वृक्षरोपण गर्दा रोशन अधिकारीको जग्गामा बिरुवा रोपेको भन्दै शनिवारको दिन रक्तपात हुनबाट बचिएका थिए । त्यसपछि चर्च र मन्दिर काण्ड भैरहेको बेला बिचमा गाईगोरु काण्ड आएपछि भदौ ९ गते ठुलो रक्तपातबाट बचेका थिए । आगामी भदौ २३ र २४ गते एमालेको युवा संघले धरानमा नै महाधिवेशन बोलाएपछि कोशी पक्ष एमाले र पहिचानवादि पक्ष बिच पुनः रक्तपात सहितको भिडन्त हुनसक्ने त्रास छाएको छ ।
संघर्ष समितिले धरानमा रहेका सरकारी बोर्ड, छाप,लेटरप्याड,च्यात्ने जलाउने हटाउने गरिएका थिए । त्यसैगरी प्रदेश मुख्यमन्त्री उद्धब थापा र स्वास्थ्य मन्त्री निर्मला लिम्बु रेडक्रसको कार्यक्रममा आउने जानकारी भएपछि पहिचानका लागि युवाले अवरोध गर्ने भएपछि कार्यक्रम नै स्थगित भएका थिए ।
Discussion about this post