अस्तित्व,पहिचान र संघीयता पुस्तक विमर्श ( भिडियो सहित)

 

धरान । डा. युवराज लिम्बूद्वारा लिखित समसामयिक पुस्तक अस्तित्व,पहिचान र संघीयता सन्दर्भमा नामक पुस्तकको विमर्श गरिएको छ ।

लिम्बुवान अध्ययन केन्द्रको आयोजनामा बुधबार किरात याक्थुङ चुम्लुङ धरानमा सम्पन्न भएको हो । पुस्तकमाथि पुर्व प्रदेश प्रमुख डा.गोबिन्द तुम्बाहाङ,डा. कमल तिगेला र उप प्राध्यापक बालजीत राई सहित तीन जनाले टिप्पणी गरेका थिए ।

पुस्तकमाथि पहिचान, अस्तित्व र संघीयताको बारे टिप्पणी गर्दै डा. गोबिन्द तुम्बहाङले पृथ्वीनारायण शाहले लिम्बु समुदायलाई दशै मान्न लगाएको बताए । नवमिको दिन मार हान्न लगाएर ढोकामा रगतको छाप हान्न लगाएको भन्दै तिहारमा फेरि लगाएर जासुसी गरेर सांस्कृतिक अतिक्रमण गरेको बताए । यस अघि लिम्बुले गाई काटेर गरिने पुजालाई पनि प्रतिबन्ध लगाएर अर्को सांस्कृतिक अतिक्रमण गरेको बताए । त्यसैगरी लिम्बु भाषामा लेखिएको लिखत चल्ने अवस्थामा गोर्खालि भाषा बाहेक सरकारी कार्यालयमा नचल्ने बनाएपछि भाषिक अतिक्रमण गरेको बताए । तुम्बाहाङले अस्तित्व पहिचानको नामेट गरेको सन्दर्भमा विषेशगरि लिम्बु समुदायमा केन्दृत रहेर प्रस्तुति दिएका थिए ।

महेन्द्रले १७ सालपछि एकल भाषा लादेर राष्ट्र राज्य बनाई नेपालका सबै भाषाको अस्तित्व मेटाएको बताए । त्यसरी नै लिम्बु समुदायको किपट पनि खोसिएको बताए । पछिल्लो समयमा आएर आदिवासी नै प्रयोग गर्दै प्रदेश १ लाई कोशी नाम बनाई पहिचान अस्तित्व मेटाएको बताए ।
पुस्तकमाथि कमल तिगेला र बालजीत राईले टिप्पणी गर्दै समग्रमा पुस्तक राम्रो रहेको बताए ।

मुटु रोग सम्बन्धिको चिकित्सक समेत रहेका लेखक डा. युवराज लिम्बुले आफ्नो पेशा बाहेक अस्तित्व पहिचान संघीयतामा कमल चलाउनुमा सबैले प्रसंसा गरे । पुस्तकका अस्तित्व पहिचान र संघीयताको विषयमा २९ वटा लेखहरु समावेश गरिएका छन । जम्मा १७८ पृष्ठ रहेको पुस्तक मुल्य रु. ४००/- तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित