डेङ्गि प्रभावित क्षेत्रमा २६० जनालाई सामग्री वितरण(भिडियो सहित)

 

धरान । डेङ्गि प्रभावित क्षेत्र धरान उपमहानगरपालिका वडा नम्बर ४ को खैरेनीटारमा बसोबास गर्ने वडाबासीलाई सामग्री बितरण गरिएको छ ।

काठमाडौबाट विभिन्न संघसंस्थाबाट आएका आठजनाको समुहले बुधबार बिहान वडा समितिको कार्यालय धरान ४ बाट वितरण गरिएका थिए । वितरण गरिएका सामग्रीमा झुल,टावल,पानीको बोतल,र्‍याकेट,थर्मोमिटर,ग्लुकोज,लगायत रहेका छन ।
युके एड,स्टारट फण्ड नेपाल,कतार च्यारिटि,एन्टिएजि,हिल नेपाल र हुसाडेकबाट संयुक्त रुपमा ८ जनाको टोलि धरान आएका थिए । एक प्याकेजमा रहेको सामग्री जम्मा ७५० प्याकेट रहेको जनाएको छ । मंगलबार उक्त सामग्री मेयर हर्क साङ्पाङको नेतृत्वमा सर्च एन्ड डिस्ट्रोए (खोजि र नष्ट) गर्ने क्रममा धरान उपमहानगर वडा नम्बर १५ खोरिया बस्तिमा बितरण गरिएका थिए । बुधबार वडा नम्बर ४ को खैरेनीटारमा जम्मा २६० जनालाई वितरण गरिएको कुरा वडा अध्यक्ष धनबहादुर राईले जानकारी दिए । वडाको डेङ्गि प्रभावित रहेको सो स्थानमा निम्न बर्ग,ज्येष्ठ नागरिक,गर्भवती महिलाई वितरण गरिएको जानकारी दिए ।

बाँकी रहेका सामग्री अन्य वडा जहाँ डेङ्गि प्रभावित छ त्यहाँ वितरण गरिने कुरा काठमाडौबाट आएका सहयोगी संस्थाका प्रतिनिधिहरुले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
आन्दोलन उठेपछि बिमाले गर्‍यो पत्राचार, बोर्डको अष्पष्टता धरानमा चौतर्फी आन्दोलन उठिसकेको,बिमा बोर्डले बिपि क्याम्पलाई करिब ८० करोड भुक्तान नगरेको (भिडियो सहित)
भर्खरै प्रकाशित
आन्दोलन उठेपछि बिमाले गर्‍यो पत्राचार, बोर्डको अष्पष्टता धरानमा चौतर्फी आन्दोलन उठिसकेको,बिमा बोर्डले बिपि क्याम्पलाई करिब ८० करोड भुक्तान नगरेको (भिडियो सहित)