चर्च तोडफोड गर्ने र कालोमोसो दल्नेलाई कार्वाहीको माग

नवलपरासी । नवलपरासी जिल्ला भित्र रहेका बिभिन्न वडाका चर्च तोडफोड गर्ने र जनकपुरमा इसाई अगुवालाई कालोमोसो दल्ने विरुद्ध कडा कार्वाहीको माग गरिएको छ ।

जनता समाजवादी पार्टी शिल्पि विशेष प्रदेश समितिले प्रेस बिज्ञप्ति जारी गर्दै कार्वाहीको माग गरिएको हो । बिज्ञप्तिमा २०८० साल भदाै १२ गते नवलपरासीकाे रामग्राम नगरपालिका वडा नं ६ मा सञ्चालित ग्लाेरि चर्च,वडा नं ४ मा सञ्चालित आराधना चर्च,वडा नं १० मा सञ्चालित साक्षी चर्चमा ख्रिश्चियन बिराेधी हिन्दु अतिवादीहरुले ताेडफाेड गरेको साेहि नगरपालिका वडा नं ५ मा निर्माणाधिन नयाँ चर्च पुर्ण रुपले ध्वस्त पारिएको जनाएको छ । त्यसैगरी नवलपरासीकाे सुनारीमा सेवाका लागि चर्च जाँदै गरेका धर्म गुरुहरुमाथि कुटपिट गरिनुका साथै कालाे माेसाे दलिएकाे जनाएको छ । त्यस्तैगरि भर्खरै जनकपुरमा समेत ईसाई अगुवाहरुलाई कालाे माेसाे दलिएकाे ब्याबहारप्रति जसपा,शिल्पी/दलित विशेष समितिकाे गम्भि ध्यानाकर्षण भएकाे र त्यसप्रति खेद ब्यक्त गरीएको जनाएको छ ।
हिन्दु धर्मकाे आडमा सृजित जात ब्यवस्थाले अछूत बनाईएका,विभेदमा पारिएका शिल्पी/दलित समूदायले कम्तिमा छुवाछूत जस्ताे अमानवीय ब्यवहारबाट मुक्ति पाउँदै गरेकाे अवस्था,किराँत,बाैद्ध,मुस्लिम,शिख,जैन,बाेन लगायत धर्म निरपेक्षतालाई आत्मसात गरि धार्मिक समूदायले आफ्नो आस्थाप्रती गाैरव गर्दै अगाडि बढ्ने अभ्यास गरिरहेकाे बेला एकल नश्लिय चिन्तनद्वारा ग्रसित मनाेराेगी हरुद्वारा हिन्दु धर्मका नाममा अरुकाे धार्मिक आस्थामाथि प्रहार गरिएकाे जनाएको छ । अतिवादीहरुकाे याे प्रहार सह्य नभएको जनाएको छ ।

नेपालकाे संविधानकाे भाग ३ काे २६ उपधारा १,२ र ३ अनुसार याे देशका हरेक नागरिकले आफुले चाहेकाे र अवलम्बन गरेकाे धर्मकाे अभ्यास गर्न पाउँने,धार्मिक संरचना निर्माण गर्न पाउने तथा धार्मिक गुठि बनाउँन पाउने भनेर स्पष्ट हुँदाहुँदै त्यस प्रकारका गतिविधि गरिनु अत्यन्तै निन्दनीय र भर्त्सना याेग्य भएको उल्लेख छ ।
घटनामा संलग्न हिन्दु अतिवादीहरुलाई मुलुकी अपराध संहिता २०७४ काे परिच्छेद ९ काे धारा १५५ काे (१) तथा धारा १५७ काे (१) बमाेजिम कडाभन्दा कडा कारबाहीकाे लागि राज्यसंग माग गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित