दिपेश रोक्का।कानेपोखरी
मोरङको कानेपोखरी गाउँपालिकामा रहेको डेंगु प्रकोप नियन्त्रण तथा सचेतना हेल्पडेक्सको आयोजना मा डेंगु न्यूनीकरण सचेतना र सरसफाइ अभियान सञ्चालन सुरु भएको छ ।
डेंगु न्यूनीकरणको सचेतना तथा सरसफाइ अभियानको सुरु दिन कानेपोखरि १ होक्लाबारिमा कार्यक्रम सम्पन्न भएको हो । स्कुल , वडा कार्यालय , बजार क्षेत्रमा न्यूनीकरण तथा सरसफाइ कार्यक्रम सम्पन्न भएको हो ।
कानेपोखरि गाउँपालिकामा डेंगु भाइरस निकै बढेको कारण तथा पालिका भित्र सचेतना मुलक कार्यक्रमको आयोजना गरेको कार्यक्रम संयोजक सुशील राइले बताउनु भयो ।पहिलो चरणमा सरसफाइ अभियान सञ्चालन गर्ने तथा डेंगु न्यूनीकरण अभियान कार्यक्रम प्रत्येक वडामा सञ्चालन हुने भएको छ ।
नेपाली काङ्ग्रेस नेताहरु बाट चन्दा रकम संकलन गरि अभियान सुरु भएको हो । कार्यक्रमलाइ उदघाटन गर्नु हुदै मोरङ ३ का प्रदेश संसद मान बहादुर लिम्बुले सफा खानेकुरा खाऔ तथा स्वास्थ पानी पिउ भनेर बताउनु भयो । राम्रो हैन सफा लुगा लगाऔ , सचेतना जगाउन तथा जागरण ल्याउन कार्यक्रम मार्फत संसद लिम्बुले बताउनु भयो। कार्यक्रममा कानेपोखरि १ वडा अध्यक्ष रत्न बहादुर कार्कि , पत्रकार हरि कोइराला , रमाइलो चौकिका इन्चार्ज फुल बहादुर तामाङ कार्यक्रम संयोजक सुशील राइले बोल्नु भएको थियो ।
कार्यक्रमको सञ्चालन मनिश न्यौपानेले गर्नु भएको थियो।
Discussion about this post