नबिन रम्तेल
भदौ १८ काठमाडौं।प्रधानमन्त्री पुष्पकमल दाहालले देशैभरका ड्राईभिङ्ग स्कुलहरुका समस्याहरु बुझेर समाधान गर्ने बताएका छ्न्।ड्राईभिङ्ग स्कुल संघ १ नं प्रदेशको पहलमा केन्द्र तथा प्रदेशको टोलीले प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भेटेरआज अपरान्ह ३:०० बजे प्रधानमन्त्रीलाई १२ बुँदे ज्ञापनपत्र बुझाएको छ।
ड्राईभिङ्ग स्कुल संघ नेपालका केन्द्रिय अध्यक्ष रामचन्द्र श्रेष्ठ र १ नं प्रदेश अध्यक्ष बाबुराम प्रधानद्वारा हस्ताक्षरित विज्ञप्तिमा देशमा बिद्यमान बेरोजगारी समस्याको हल तथा सवारी दुर्घटना न्यूनीकरण गर्न दक्ष जनशक्ति उत्पादन गर्न ड्राईभिङ्ग प्रशिक्षण केन्द्रहरु स्थापना भएता पनि अधिक समस्याबाट झेलिएको बताईएको छ।
ड्राईभिङ्ग प्रशिक्षण नगरीनै लाईसेन्स मात्रै निकाल्ने प्रचलन बढ्नाले दक्ष सवारी चालक उत्पादनमा कमी आई दुर्घटना बढेको ठहर संघले गरेको छ।जस्ले गर्दा सवारी चालक अनुमतिपत्र आवेदन गर्दा नै ड्राईभिङ्ग प्रशिक्षण प्रमाणपत्र अनिवार्य ब्यबस्था गर्न समेत माग गरेको छ।
ड्राईभिङ्ग स्कुलहरु पनि निजी तथा सरकारी बिद्यालयसरह भुमिका गरीरहेकोले उनिहरुसरह नै भन्सार शुल्कमा छुट गराई एकै रंगको सवारीको ब्यबस्था गर्न माग गरेको छ।
ड्राईभिङ्ग प्रशिक्षण स्थलको अभावलाई मध्यनजर गरी साझा रुपमा फिल्ड प्रयोग गर्न अनुमति ब्यबस्था एवं समय समयमा सरकारीस्तरबाट ड्राईभिङ्ग स्कुलहरुलाई तालिम,गोष्ठी र अवलोकनको माग गरेको छ।
सवारी चालक अनुमतिपत्रको परिक्षा तथा अन्य निती नियम सम्बन्धि कार्यमा ड्राईभिङ्ग स्कुलको तर्फबाट पनि बिज्ञको प्रतिनिधित्वको माग गरेको छ भने लाईसेन्सको म्याद ५ बर्षबाट बढाएर १० बर्षको गर्न माग गरेको छ।
ड्राईभिङ्ग प्रशिक्षण केन्द्रको दर्ता नविकरण गर्दा मेकानिकल ईन्जिनियर नियुक्त गर्नुपर्ने प्राबधान अब्यबहारिक भएकोले सो ब्यबस्था खारेजीको साथै दर्ता नवीकरण नगरी संचालन गरेका ड्राईभिङ्ग सिकाउने निकायलाई कारबाहीको माग गरेको छ।
सवारी चालक अनुमतिपत्र प्रीन्ट भएर आउन लामो समय लाग्ने भएकोले प्रदेशमा नै साधनस्रोतको वृद्धि गरि छिटो छरितोको ब्यबस्थाका साथै एकपटक लिखित परिक्षामा अनुत्तीर्ण भएमा ९० दिन सम्म परिक्षामा सहभागी हुन नपाउने नियमको खारेजीको माग समेत गरेको छ।
प्रधानमन्त्रीसँगको भेटमा ड्राईभिङ्ग स्कुलका समस्या ध्यानपूर्वक सुनि समाधान गर्ने आश्वासन दिएपछि राहत महसुस भएको ड्राईभिङ्ग स्कुल संघ १ नं प्रदेश महासचिव गोपाल घिमिरेले बताए।उक्त टोलीमा ड्राईभिङ्ग स्कुल संघ नेपालका केन्द्रिय अध्यक्ष रामचन्द्र श्रेष्ठ,केन्द्रिय वरिष्ठ उपाध्यक्ष खगेन्द्र बुढाथोकी,केन्द्रिय कोषाध्यक्ष बाबुकाजी महर्जन,केन्द्रिय सदस्य शिव श्रेष्ठ ,१ नं प्रदेश अध्यक्ष बाबुराम प्रधान,बागमती प्रदेश अध्यक्ष शिव कुमार श्रेष्ठ ,१ नं प्रदेश महासचिव गोपाल प्रसाद घिमिरे,झापा जिल्ला अध्यक्ष डिग बहादुर नेम्बाङ, मोरङ्ग जिल्ला अध्यक्ष मनिष थापा लगायत प्रदेश तथा पूर्वका अधिकांश ड्राईभिङ्ग प्रशिक्षण केन्द्रका संचालकहरुको सहभागिता थियो।
Discussion about this post