तनहुँमा गाई काटेको आरोपितलाई बिना सर्त रिहाईको माग

तनहुँ । तनहुँकाे शुक्लागण्डकी नगरपालिका वडा नं ६ कमलबाेटका रमेश नेपाली लगायत तीन जनाले गाई काटेकाे आरोपमा पक्राउ गरिएकाेप्रति खेद् ब्यक्त गर्दै विना शर्त तुरुन्त रिहाई गर्न जसपा,शिल्पी/दलित विशेष समितिले जाेडदार माग गरेकाे छ ।

आज एक विज्ञप्ति जारी गर्दै उसले भनेकाे छ साे ठाउँका रमेश नेपालीकाे गाईगाेठमा कुकुरले झम्टिँदा कुकुरलाई हान्दा गाईकाे कु-ठाउँमा लागेर मृत्यु भएकाे र मृत गाईलाई गाड्नु भन्दा पहिलेदेखि आफुले खाँदै आएकोले खानलाई काट्दै गरेकाे अवस्थामा पक्राउ गरिएकाेप्रति खेद् ब्यक्त गरेकाे छ । हिन्दु वर्णाश्रमवादी ब्यवस्थामा आधारित जात ब्यवस्थाले सृजना गरेकाे कथित उपल्ला जातिहरुले गाईले दूध दिन छाेडेपछि सार्की समूदायलाई बाेलाएर काटेर खान भनी दिएर पठाउँने र मरेपछि सिनाे फाल्न समेत सार्की समूदायलाई लगाउँने गरेकाे तर आज आएर त्यहि समुदायलाई फसाउँने षडयन्त्र गरिरहेकाेप्रति घाेर आपत्ती समेत जनाएकाे छ ।
धर्मनिरपेक्षतालाई स्वीकार गरि बिविधता युक्त सँस्कार सँस्कृति भएकाे मुलुकमा सबैकाे सँस्कार,सँस्कृतिकाे सम्मान गर्न राज्यसंग माग गर्दछाैँ ।

संगठनका ईन्चार्ज कमला हेमचुरी, सह-ईन्चार्ज दलमर्दन कामी र मुख्य सचिव नरेश विश्वकर्माद्वारा संयुक्त रुपमा हस्ताक्षरित विज्ञप्तिमा भनिएकाे छ कि पक्राउ परेका तीनैजनालाई तत्काल विना शर्त रिहाईका लागि स्थानीय जातीय संघ,सँस्था,नागरिक समाज,मानव अधिकारवादी,पहिचानवादी लगायतलाई पहल गरिदिन पनि अनुराेध गर्दछाैँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित