रघुजी पन्तले माफि नमागे रघुजी पन्त र केपी ओलीलाई शेर्पा तामाङकाे भुमिमा प्रवेश निशेध

शेर्पालुङ । एमालेका रघुजि पन्तले शेर्पाहरु नेपाल आएको छ सात वर्ष मात्र भएको अभिव्यक्ति दिएपछि त्यसको संघीय लोकतान्त्रिक राष्ट्रिय मंच सम्बद्ध संघीय शेर्पा प्रान्तीय मंचले कडा बिरोधसंगै शेर्पा भुमिमा प्रवेश निशेध गरिएको छ ।

मंचका अध्यक्ष तेन्डि शेर्पा र महासचिव दावा छिरिङ शेर्पाद्वारा संयुक्त हस्ताक्षर गरि जारी गरिएको प्रेस बिज्ञप्तिमा दमनमा संलग्न क्रुर रघुजी पन्तले जनता सामु माफि माग्नुपर्ने जनाएको छ । यदि माफि नमागेमा रघुजी पन्त र केपी वालीलाई शेर्पा तामाङकाे भुमिमा प्रवेश निशेधकाे आव्हान समेत गरिने बिज्ञप्तिमा उल्लेख छ ।

बिज्ञप्तिको पुर्ण पाठ :

                           प्रेस विज्ञप्ति
नेकपा एमाले पार्टी अध्यक्ष केपी वलीकाे प्रमुख अथित्यमा ३५ शौ राष्ट्रिय जनसाँस्कृतिक महासंघको चियापान तथा शुभकामना दिने क्रममा मिति २०७८/ पौष १९ गते सिँदुली स्थित कार्यक्रममा रघुजी पन्तले बोलिरहेका अभिव्यक्ति अत्यन्तै गम्भीर त्रुटि रहेको जनाउदै हजारौं बर्ष अगाडिको तथ्यांक अनुसार हिमालयन भेगमा रहेको बौद्ध धर्मावलम्बीको लामा अक्षरमा लेखिएको हजारौं बर्ष भन्दा पुरानो सिलालेख लगायत पुरातात्त्विक संरचनालाई समेत ख्याल नराखी रघुजी पन्तले दिएको कपोकल्पित अभिव्यक्तिले शेर्पा समुदायको तथ्यांक माथि भएको प्रहारलाई ध्यानाकर्षण नगरी ठुला दलको दम्भ देखाई सामाजिक मर्यादा भुलेर सार्वजनिक रुपमा प्रसारण भईसकेकाे भिडियोलाई काटकुट गरेकाे भन्ने अपवाह फैलाउने जस्ता सुनयोजित प्रतिवादमा अनुसन्धान नगरि प्रत्यारोपमा उत्रिएका एमाले निकट लोकतान्त्रिक शेर्पा संघ नेपालले सामाजिक मर्यादा भित्र रहेर शेर्पा समुदायको पहिचान माथि प्रहार भएको अभिव्यक्ति प्रति निकट लोकतान्त्रिक शेर्पा संघ नेपालको किन ध्यानाकर्षण भएनन् ! जुन दिन आफ्नाे शेर्पा समुदाय माथि आघात पुग्ने अभिव्यक्तिलाई खण्डन नगरिनुकाे पछाडि कारण के हो ! यसको जबाफ सार्वजनिक गर ! सम्बन्धित रघुजी पन्त बचाउ गर्दै आगाेमा घ्यु थप्ने कार्यले सामाजिक स्वतन्त्र भित्र रहेका तमाम शेर्पा समुदाय माथि नै आघात पुराउने विवादित भाषामा रघुजी पन्तले ६ देखि ७००, बर्ष किटानी गरि बाेलेकै अभिव्यक्ति सहि हो भन्छौं भने अहिले बस्दै आएको शेर्पा बस्ती हिमाली भेगकाे बस्तीमा त्यो भन्दा पहिला को थिए तथ्यांक प्रस्ट पार्न र शेर्पा जातै होइनन्, र “पा” भन्ने मान्छे हो भनी गरेको ब्याख्या प्रति लोकतान्त्रिक शेर्पा संघले सहि ठान्ने हो भन्छ भने लोकतान्त्रिक शेर्पा संघ आदिवासी भित्र नपर्ने हुदा आप्रवासीले आदिवासीकाे संगठनात्मक संस्था शेर्पा संघमा बस्नु र गाली गर्नु लोकतान्त्रिक शेर्पा संघ नेपाल नामक संस्थालाई कुनै अधिकार छैन । तसर्थ लक्षित अभिव्यक्ति प्रति ओतप्रोत गरेको देखिएकाले तमाम शेर्पा समुदाय बिच सुनाउन बाध्य हुनेछौँ भन्दै लोकतान्त्रिक शेर्पा संघ नेपालका आप्रवासी शेर्पा समुहलाई बंश गद्दार घोषणाकाे अभियान थालनी गरिनुका साथै यस घटनाकाे घोर बिरोधि जनाउदै दुषित मनशायले दिएको अभिव्यक्तिलाई यथासक्य छानबिन होस भन्दै सम्पुर्ण शेर्पा समुदाय एकजुट भई सम्बन्धित अभिव्यक्तिकाे यथासक्य खण्डन गरि अमानवीय ढंगले एकता भित्र कृतिम खलल पुराई जातिय द्वेष, रिस, आवेग तथा उत्तेजना फैलाउने कार्य प्रति संघीय शेर्पा प्रान्तीय मञ्चले घोर भ्रत्सर्ना गर्दछौ I यसै अभिव्यक्तिलाई नेपालको प्रचलित ऐन कानुन र संविधान विपरित अबहेलना र दमनमा संलग्न क्रुर रघुजी पन्तले जनता सामु आफि नमागेमा रघुजी पन्त र केपी वालीलाई शेर्पा तामाङकाे भुमिमा प्रवेश निशेधकाे लागि आव्हान गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित