नबिन रम्तेल
१६ भदौ,धरान ।जनतासँग बिशेष रुपान्तरण अभियान अन्तर्गत आज शनिबार धरानको प्रवेशद्वार तीनकुने क्षेत्रमा नेकपा माओवादी केन्द्र धरान-८ ले ब्यापक सरसफाई अभियान सञ्चालन गरेको छ।
सरसफाई कार्यक्रमको प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य कमरेड अजम्बर काङमाङले फोहोर संकलन गरी उद्घाटन प्रारम्भ गर्नुभएको कार्यक्रममा प्रदेश तथा स्थानीय नेताहरु संलग्न रहेका थिए।
सरकारले थालेका भ्रष्टाचार नियन्त्रण सुशासन प्रवर्द्धनमा हुँदै गरेका सुधारका विषय लिएर नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालको कमरेड प्रचण्डले देशैभरका ६ हजार ७ सय ४३ वडामै रुपान्तरण अभियान सुरु गरेका छन्।
नेतृत्वले तीन महिने अभियान भनेतापनि अबको तीन वर्षमा हुने चुनाव सम्म जनताको मन जित्न निरन्तर यस्ताखाले अभियान सञ्चालन गरिरहने नेकपा माओबादी केन्द्र नगर सदस्य तथा सरसफाइ कार्यक्रमका आयोजक सुवास श्रेष्ठ बताउँछन्
धरानका मेयर हर्कराज राईले श्रम र अभियानबाट जनताको मन जितिरहेको अवस्थामा कतै उनैको लोकप्रियता पछ्याइरहेको त छैन भन्ने प्रश्नको जवाफमा स्थानीय सरकारका गतिविधिलाई उच्च मूल्यांकन गर्दै केन्द्रीय सरकारको नेतृत्व गरेको नेकपा माओवादी केन्द्रले अझ उत्कृष्ट कार्य गर्नुपर्छ यो तपाईं हामी सबैको कर्तव्य हुने बताउँछन् नगर सदस्य श्रेष्ठ।
माओवादीको घरघरमा माओवादी जनजनमा माओवादी नारालाई मूर्त रुप दिन जनतासँग माओवादी विशेष रुपान्तरण तीन चरणमा सञ्चालन हुने जसअन्तर्गत बैठक भेला, प्रशिक्षण अन्तरक्रिया, र जन परिचालनका कार्यक्रम गरिने जानकारी केन्द्रीय स्तरबाट संचार माध्यमलाई जानकारी गराईएको छ।
उक्त सरसफाइ अभियानमा माओवादी केन्द्र प्रदेश सदस्य मदन चुडाल,अधिवक्ता बलराम राई,तिनकुने चेकपोस्टका ईन्चार्ज प्रसनि रुद्र खड्का,लांघाली सामुदायिक बनका अध्यक्ष झमक मगर लगायतले सरसफाइमा सरिक हुँदै फोहोर संकलन गरेका थिए।
Discussion about this post