रिलाएबलको स्थापना दिवसमा अनाथलयमा खाद्यान्न फलफुल वितरण

धरान । रिलाईवल नेपाल लाईफ ईन्सुरेन्स कम्पनी लिमिटेड धरान शाखाले आफ्नो कम्पनीको बार्षिक स्थापना दिवस मनाएको छ ।

रिलाईबल नेपाल लाईफ ईन्सुरेन्सले स्थापनाको ६ बर्ष प्रबेष गरेको अवसरमा धरान १५ मा रहेको अनाथलयमा खाद्यन्न तथा फलफुल बितरण गरेको कुरा एजेन्सी मेनेजर मिसन शेर्पाले जानकारी दिएको छ। कम्पनीको तर्फबाट धरान शाखा प्रमुख मेनुका श्रेष्ठको नेतृत्वमा अनाथलयमा पुगेका थिए । कम्पनीले अनाथलयमा रहेको ३० जना अनाथ बालबालिका तथा बृद्धहरुलाई एक छाक भए पनि मीठो मसिनो खुवाएर खुसि मनाउने उदेश्यले गएको जानकारी दिए ।

सो अवसरमा धरान शाखाका प्रथम MDRT कल्पना श्रेष्ठ , साथै MDRT दिलकुमार राई अन्य कम्पनीको करोडपति एजेन्सी मेनेजर रमिला श्रेष्ठ लगायत एजेन्सी मेनेजरहरु , सक्रीय आर्थिक सल्लाहकारहरुको बाक्लो उपस्थिति रहेका थिए। खाद्यान्न बितरणको सके लगत्तै कम्पनीको शाखा कार्यलय छाताचौकमा पुगेर केक कातेर खुसि साटासाट गरेका थिए । उक्त कार्यक्रममा दिलकुमार राईले बिमा कम्पनीको स्थापना कालदेखिको हाल सम्मको अवस्था बारे प्रष्ट पार्नुभएको थियो ।

सो अवसरमा MDRT कल्पना श्रेष्ठले बिमा अभिकर्ताहरुलाई सामाजिक कामका लागि उत्प्रेेरित गर्नुभएको थियो ।
रिलाएबल नेपाल कम्पनीले आज देश भरि विभिन्न कार्यक्रम गरि बार्षिक उत्सव भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित