धरानमा नेवारी समुदायले निकाले गाईजात्रा(फोटो भिडिसहित)

 

धरान । नेपालका आदिवासी मुलबासी नेवारी समुदायले आफ्नो मौलिक संस्कार गाईजात्रा धरानमा पनि निकालिए ।

बिहीवार मृतक आफन्तको फोटो राखि धरान नगर परिक्रमा गराई मौलिक संस्कृति प्रदर्शन गरिएको थियो । धरानमा वर्षभरि मृत्यु भएका नेवा समुदायको आफन्तहरुले आ आफ्ना मृतकको तस्बिर राखि धरान नगर परिक्रमा गरेका थिए । यसरी नगर परिक्रमा गर्दा ढोल झ्याम्टा लाखे नाच आदिको समेत प्रदर्शन गरिएका थिए ।

नेपालमा मनाइने विभिन्न चार्डपर्वमध्ये गाईजात्रा पर्वलाई महत्त्वपूर्ण चार्डको रूपमा काठमाडौँ उपत्यकासहित देशभरका नेवार समुदायहरुले मनाउने गरिन्छ । आफ्ना पितृको सम्झनामा जनैपूर्णिमाको भोलिपल्ट श्रावण कृष्ण प्रतिपदाको दिन गाईजात्रा मनाउने चलन रहेको छ ।

यसरी मनाउने गाईजात्रा पर्वलाई सापारु पर्व पनि भनिन्छ । ‘सा’ भन्नाले नेपालभाषामा ‘गाई’ भन्ने बुझिन्छ । ‘पारु’ भन्नाले ‘प्रतिपदा’ भनिन्छ । त्यसैले यो पर्वलाई सापारु भनिएको जानकारहरु बताउछन्  । जुन घरका सदस्यको मृत्यु भएको छ त्यस घरका आफ्न्तहरुले दिवङ्गत आत्माको सम्झना गर्नुका साथै शान्तिको कामना गर्दै गाईजात्रा निकाल्ने प्रचलन रहेको छ ।

गाईजात्रा राजा प्रताप मल्लका छोरा चक्रवर्तीन्द्रको निधन भएपछि शुरु भएको इतिहासबिदको भनाई छ । प्रताप मल्लले विह्वल भएकी आफ्नी रानीलाई अरूले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने कुरा रानीलाई देखाउन जनताहरुलाई जुन घरका सदस्यको मृत्युहुन्छ  त्यस घरपरिवरका अन्य सदस्यहरुले मृतकका नाममा गाईजात्रा निकालेर सहर परिक्रमा गराउन आदेश दिएपछि यो चलन बसेको उल्लेख छ ।

काठमाडौ उपत्यकाका जनताहरुले मृतकको नाममा गाईजात्रा निकाले पनि रानीको मन शान्तअझै भएका थिएन । यस कारण गाईजात्रामा राजा प्रतापको आदेशअनुसार नै छोरा मरेको भए जोगीको भेषमा झाँकि निकाल्ने र छोरी मरेको भए गाईको भेषमा नगरपरिक्रमा गराउने आदेश दिएको उल्लेख पाईन्छ ।

बिहिवार निकालिएको गाईजात्रामा प्रदेश सांसद रमेश बस्नेत धरान उपमहानगरका उप मेयर आईन्द्र बेघा लगायतको जनप्रतिनिधिको सहभागी रहेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित