धरानको शिल्पि र आरानको समस्या मेयरलाई जानकारी

धरान । मेयर हर्क साङ्पाङले धरानमा रहेका शिल्पि समुदायको पेशा आरनमा गरिने समस्या विषयमा जनकारी लिएका थिए ।

मंगलबार धरान उपमहानगरको बैठक कक्षमा भएको भेटमा धरानबाट आएका फलामका काम गर्ने शिल्पिहरुको सहभागिता रहेका थिए । सामाजिक संजाल फेसबुकको सुचनाको आधारमा छोटो समयमा जानकारी भएकोले सिमित ब्यक्ति मात्र उपस्थिति रहेको सहभागीले बताए ।

सहभागीले हाल आरनमा काम गर्नका लागि कोइलाको अभाव रहेको बताए । त्यसैगरी खुकुरी लगायतको बिँड बनाउन काठको अभाव रहेको मेयर समक्ष जानकारी दिए । आधुनिक समयमा मान्छेले फलाम पिट्न कठिन हुने भएकोले भारत लगायतमा पावर ह्याम्मरबाट काम गर्न सकिने बताए । आज युवाहरु आधुनिक अनुसार पेशा अगाडि बढाउन नसक्दा संकटमा रहेको बताए । पावर ह्यामरले गर्ने काम मान्छेले घनबाट पिट्नुपर्दा मुटु चुडिनेगरी हान्नुपर्ने भएकोले पनि काम गर्न सहज नभएको सहभागीले जानकारी दिए ।

अव फलमको पेशा बचाउन अत्यावश्यक कोइलाको व्यावस्था गर्न मेयर साङ्पाङलाई माग गरे । यस अघि रक्सि पार्ने ठाउँबाट कोइला संकलन गरेर काम चलाईरहेको एक सहभागीले बताए । ढलापाडाहरु वनमा कोइला बनाउन दिएको खण्डमा काममा सहज हुने जानकारी दिए ।

पावर ह्याम्मरको बजार मुल्य ६ देखि ७ लाखसम्म पर्ने बताए । सो ह्याम्मर भारती बजारमा पनि पाईने भन्दै चीनमा पनि हुनसक्ने सहभागीले बताए । सहभागी शिल्पि समुदायले पहिलोपटक मेयरले यसरी बोलाएर समस्या बुझेको बताए । यस अघि वडामा यस्ता समस्या लगे पनि सुनुवाइ नभएको बताए ।

धरानमा गुणस्तरीय खुकुरी बन्ने भन्दै सस्तोमा लगेर ठेकेदारले महंगोमा बेच्नेगरेको एक सहभागीले बताए । तर जस्ले दुख गर्छ उस्ले भनेजस्तो फाईदा लिनन्सकेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित