होप धरानको कार्यक्रममा चिसेफायुलाई उपलब्ध क्यान्सर पिडितको सहयोग हस्तान्तरण,होप धरानलाई एक लाख रुपैया सहयोग(भिडिय सहित)

 

नबिन रम्तेल
भदौ११,धरान । होप धरानले आयोजना गरेको कार्यक्रममा हाल ओमानमा रहेका मनमाया राईद्वारा संकलित चिसेफायुलाई उपलब्ध भएको आर्थिक सहयोग क्यान्सर बिरामी दिपक केप्छाकि मगरलाई हस्तान्तरण गरिएको छ ।

धरान ८ अरुन टोलमा बस्दै आएका मगरलाई ब्लड क्यान्सर भएपछि सहयोगको याचना गर्दै पत्रकार सम्मेलन गरेका थिए । सोहि भिडियो देखेपछि धरान घर भै हाल ओमानमा वैदेशिक रोजगारमा रहेका मनमाया राईले संकलन गरेको सहयोग रकम २४ हजार होप धरानका अध्यक्ष निश्चल पलिखेको हातबाट बिरामी दिपक केप्छाकी मगरलाई हस्तान्तरण गरिएको हो ।

धरान-९,पुतलीलाईनको हाङ्कुक रेष्टुरेन्टमा सम्पन्न उक्त कार्यक्रममा हाल ओमानमा कार्यरत मनमाया राईको संयोजकत्वमा संकलित २४ हजार रुपैयाँ चिसेफायु मिडियाका कार्यकारी सम्पादक निमा पोङ्स्युवा मार्फत प्राप्त भएको थियो भने तत्कालै ५ हजार रुपैयाँ होप धरानका अध्यक्ष निश्चल पलिखेले थप गरि २९ हजार रुपैया हस्तान्तरण भएको हो ।बिरामी दिपकको एकपटक किमो गर्न ३ लाख रुपैया लाग्ने छ भने पुरा उपचारको लागि ५० लाखसम्म खर्च हुने कुरा चिकित्सकले जनाएको छ ।

कार्यक्रममा विषेश अतिथि धरान उपमहानगर वडा नम्बर १३ का वडा अध्यक्ष नेत्र काफ्लेले `पुस माघको घाम झैं झुलुक्क झुल्किने धरानका संघ संस्थाले पाठ सिक्नुपर्ने छ,देशको हरेक संकटकालिन अवस्थामा होप धरानले पुर्‍याएको योगदान अविस्मरणीय छ´भन्दै होप धरानको प्रसंशा गरेका थिए । वडा अध्यक्ष काफ्लेले दैनिक एक रुपैयाबाट २८ वर्षको १० हजार रुपैया होप धरानलाई उपलब्ध गराउने प्रतिबद्धता जनाए ।

उनले कोरोना माहामारीका बेला धरानको वडा नं १३ मा मात्रै १३ पटक सम्म राहत बाँडिएको,काँधमा सिलिन्डर बोकेर बिरामीको घरघर पुर्याएको,फरक क्षमता भएकाहरुको लागि र सडकमा बाध्यकारी जीवन ब्यतित गर्नेहरुको लागि अहोरात्र सहयोग पुर्‍याउदै आएको होप धरानले हालको डेङगु महामारीमा समेत अग्रपंक्तिमा रहेर काम गरेको स्मरण गर्दै अरुले पाठ सिक्नु पर्ने वडाध्यक्ष काफ्लेले बताउनु भयो ।
उक्त कार्यक्रममा धरान-६ पानबारीकी ४५ बर्षिय अन्जु विश्वकर्मा लाई एक थान ह्विल चेयर प्रदान गरिएको थियो । दातको नाम मिडियासामु उल्लेख नगर्ने अनुरोधलाई स्विकार्दै विशेष अतिथिको रुपमा रहेका धरान-१८ का वडाध्यक्ष प्रविण राई र वडासदस्य जमुना त्रिखत्रीको हातबाट ह्विल चेयर हस्तान्तरण गरियो ।

त्यस्तै केहिदिन अघि धरान-६ पानबारीमै भएको आगलागिबाट पिडित खडका परिवारलाई समाजसेवी तुलसा गुरुङ्गबाट संकलित ३१ हजार रुपैयाँ अग्नि पीडित रापि देवि खडकालाई प्रदान गरियो।

भोक राहतका लागि एक रुपैयाँ सहयोग कार्यक्रमको लागि होप धरानलाई सय बर्षकी अभियन्ता आमा सुर्य कुमारी श्रेष्ठको नामबाट एकलाख रुपैयाँ प्रदान गर्नुभयो । उक्त रकम वहाँका नाति अमेरिका निवासी मुकेश श्रेष्ठ र बुहारी अन्जु श्रेष्ठले पठाउनु भएको थियो भने तिर्थ बस्नेतबाट १५ हजार रुपैयाँ प्राप्त भएको थियो।

उक्त कार्यक्रममा दाता सय बर्षकी सुर्य कुमारी श्रेष्ठका छोरा सुर्य नारायण श्रेष्ठलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो।कार्यक्रममा ईलाका प्रशासन कार्यालयका प्रहरी निरीक्षक रन्जन मिश्र,हानका केन्द्रिय सदस्य महेश बिक्की श्रेष्ठ,अपाङ्ग पुर्नस्थापना तथा असहाय सेवा केन्द्र नेपाल धरानका प्रमुख सुनिल खड्का लगायतको उपस्थिति रहेको थियो।

नबिना मंग्रातीले संचालन गरेको उक्त कार्यक्रमको सभापतित्व होप धरानका अध्यक्ष निश्चल पलिखेले गर्नुभएको थिए भने कार्यक्रमको प्रकाश संयोजक सिता बस्नेत श्रेष्ठले पार्नु भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित