पर्यटन प्रबर्द्धन गर्न टिएमजेमा लालिगुराँस पार्क बन्दै

बसन्तपुर (तेह्रथुम) । लालिगुराँसको राजधानी भनेर चिनिने तिनजुरे मिल्के क्षेत्रमा पर्यटन प्रवर्द्धन गर्ने उदेश्यले लालीगुराँस पार्क बनाउने भएको छ ।

तेहथुम, संखुवासभा र ताप्लेजुङ जिल्लाको संगममा लालिगुराँस पार्क स्थापना गरिने कुरा लालिगुराँ नगरपालिकाका मेयर अर्जुन माबुहानाले जनाएको छ । तीनजुरे क्षेत्रको पर्यटकीय गन्तव्यलाई लक्षित गरी राष्ट्रिय लालीगुराँस पार्क निर्माण गरिन लागिएको मेयर माबुहाङले जनाएको छ। वसन्तपुर, सानो पाथीभरा, तीनजुरे क्षेत्रलाई समेटेर बनाउन लागिएको पार्क प्रदेश र स्थानीय सरकारको सहकार्यमा निर्माण हुने जनाएको छ । पार्क निर्माणका लागि आर्थिक वर्ष २०८०/८१ मा शहरी विकास मन्त्रालयबाट एक करोड रुपैया वजेट विनियोजन भएको जनाएको छ । पार्कका लागि उक्त वजेट तत्कालीन ल शहरी विकास मन्त्री सीता गुरुङको पहलमा विनियोजन भएको कुरा मेयर माबुहाङले जनाएको छ । बजेट विनियोजन भएपछि पार्क निर्माणका लागि अध्ययन शुरु गरेको मेयर माबुहाङले जनाएको छ । पार्क निर्माणपछि यस क्षेत्रमा पाइने २८ प्रजातिका गुराँस रोप्ने तयारी गरेको जनाएको छ ।

लालिगुराँस पार्क २ हेक्टर क्षेत्रफलमा निर्माण गरिनेछ । तिन्जुरे मिल्के क्षेत्रमा हिँदमा हिँउ खेल्न रमाउन अनि चैत बैशाखमा विभिन्न प्रजातिका गुराँस हेर्न रमाउन आन्तरिक तथा बाह्य पर्यटक अधिक मात्रामा आउने गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित