नेबि संघ नगर समिती पथरीले गर्यो एक दिवसीय वृहत प्रशिक्षण कार्यक्रम

दिपेश सार्की ( रोक्का ) 
पथरी , ९ भदौ । नेपाल बिद्यार्थी संघ नगर समिती पथरीको आयोजना एक दिने एक दिवस वृहत प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

पथरी बहुमुखी क्याम्पसको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो । नेपाल बिद्यार्थी संघ मोरङ भरी रहेका सम्पुर्ण इकाई समितीका सदस्य स्ववियु सदस्यहरुलाई प्रशिक्षण दिएको हो ।

बिद्यार्थीहरुको नेतृत्व बिकास गर्नको लागि तथा नेबि संघले कस्तो भुमिका निर्वाह गरेको हुन्छ भन्न्ने उदेश्यले कार्यक्रमको आयोजना गरेको नेबि संघ पथरीका नगर सभापति सागर बरालले बताउनु भयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा कार्यक्रमका बक्ता नेबि संघ पुर्व केन्द्रिय अध्यक्ष गुरुराज घिमिरेले नेबि संघ स्थापना कालदेखि नै बिद्यार्थीको हकहितको लागि लड्दै आएको संगठन हो भनेर बताउनु भयो । नेपाल बिद्यार्थी संघ कसरी स्थापना भयो , के के काम गर्यो भनेर बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित