धरान । केहि दिन अघि धरानमा गोरु काटिएको बिषयलाई लिएर हिन्दुबादिले गर्ने भनिएको भदौ ९ गते गर्ने भनिएको कार्यक्रम नहुने भएको छ ।
शुक्रवार दुबैपक्ष सर्वपक्ष सर्वदलीय बैठक बस्दै धरान अशान्त मात्र नभै नरसंहार समेत हुने अवस्था पुगेपछि सबैको ध्यानाकर्षण भएका थिए । निरन्तरको प्रयासमा सहमति भै सद्भाव र्यालि निकाल्ने र भदौ ९ गतेको कार्यक्रम रोक्ने भएको छ । सर्वदलीय सर्वपक्षीय सरोकारवालाले छाताचोकबाट सद्भाव र्यालि निकाली लोकतान्त्रिक चौतारीमा कोणसभा गरेका थिए । त्यसपछि राजनीतिक दल र सरोकारवाला सहितले संयुक्त रुपमा प्रेस बक्तब्य जारी गरेका थिए । जारी बिज्ञप्तिमा भदौ ९ गतेको कार्यक्रम नगर्ने जनाएको छ ।
बिज्ञप्तिमा नेपाल बहुभाषिक, बहुसास्कृतिक, बहुजातिय, बहुधार्मिक बहुलतायुक्त मुलुक हो ।हामी विच एक आपसको भातृत्व, सहिष्णुता, सद्भाव एक अर्काप्रतिको सम्मान भाव हाम्रो विषिष्ट पहिचान भनिएको छ । विगत केही दिनदेखि धरानमा देखिएका असहज परिस्थीतीले हामी विच रहि आएको सद्भाव, सहिष्णु वातावरण विथोलिने आशंका उत्पन्न भएकोले चिन्तीत बनाएको उल्लेख छ । हाम्रो बहुलतायुक्त विषेशतालाई आत्मासाथ गर्दै सबै जाति, धर्म समुदायले एक आपसको धर्म, संस्कार, संस्कृती र परम्परालाई सम्मान गर्दै सामाजिक दोष तथा आस्था भावनामा ठेस पुर्याउने गतिविधि नगरिदिनु हुन अनुरोध गरिएको छ ।
बिज्ञप्तिमा भनिएको छ – ” यसै सन्दर्भमा धरानमा देखापरेको धार्मिक, सांस्कृतकि विवादका विषयहरुलाई सर्वपक्षिय सर्वदलिय वाता सम्बादको माध्यमद्वारा समाधान गर्न हामी प्रतिवद्ध छौ ।” अतः भोली भाद्र ९ गते सम्बन्धित पक्षहरुबाट धरानमा आयोजना गर्न लागिएका पुर्व निर्धारित कार्यक्रमहरु स्थगित गरी वातावरण सहज बनाउन भुमिका निर्वाह गरिदिन हुन हार्दिक अनुरोध गर्दछौ भनिएको छ ।
परिस्थितीको गाम्भिरतालाई मनन गर्दै सामाजिक सञ्जाल लगायतबाट सामाजिक सद्भाव खलबलिने सामाग्रीहरु पोस्ट,शेयर तथा कमेन्ट नगरिदिन सबैमा हार्दिक अपिल गरीएको छ । साथै सम्बन्धित निकायलाई सामाजिक सदभाव तथा शान्ति सुरक्षा कायम गर्न आवश्यक व्यवस्था गर्न अनुरोध गरिएको छ ।
Discussion about this post