धरान । धरानमा निर्माण भएको चर्च काण्डहुदै पछिल्लो समयमा गोरुकाण्डले भदौ ९ गते धरान अशान्त मात्र होइन रणभुमि नै हुने भएपछि शुक्रबार सद्भाव र्यालि निकालिने भएको छ ।
विहिबार सुनसरी उद्योग बाणिज्य संघमा धरानमा उपमहानगरका पूर्व मेयर तथा नागरिक अगुवा कुमार बहादुर कार्किको अध्यक्षतामा बैठक बस्दै चार बुँदे निर्णय गरिएको छ । निर्णयलाई अपिल मार्फत सार्वजनिक गर्दै शुक्रवार सद्भाव र्यालि निकालिने जनाएको छ । चार बुँदे निर्णयमा -“१. धरानमा पछिल्लो समय देखिएको धार्मिक तथा संस्कृतिक विबादलाई सम्बन्धित पक्षहरु बसेर वार्ता र छलफलबाट मात्र समाधान गर्न आह्वान गर्दछौ ।
२. धरानको समाजिक सद्भाव कायम राख्न भोली मिति २०८०/०५/०८ गते दिउसो ठिक २ बजे नागरिक स्तरबाट सद्भाव याली निकाल्ने । उक्त न्यालीमा सहभागिताका लागि सबैमा हार्दिक आह्वान गर्दछ । (याली धरानको छाताचौक स्थित पुरानो हस्पिटलबाट निकिएर भानुचौक सम्म पुग्ने छ)
३. धरानको धार्मिक तथा सास्कृतिक विवबादलाई समाधान गर्न भोली मिति २०८०/०५/०८ गते दिउसो ठिक ११ बजे सर्वदलिय बैठक बस्न अनुरोध गर्ने )
४. धरानको संभावित सुरक्षा संबेदनशिलतालाई ध्यानमा राख्दै शान्ति सुरक्षा कायम गर्न सम्बन्धित पक्षलाई अनुरोध गर्ने ।” रहेको छ ।
भदौ ९ गते धरानमा गाईगोरु काटेको भन्दै धरान भित्र रहेका हिन्दु संघसंस्था र विषेशगरि धरान बाहिरबाट ठुलो संख्यामा हिन्दुबादि आउने तयारी गरेको छ । त्यही क्रममा केहि महिना अघि मन्दिर र चर्चको बिषय पनि जोडिदै केहि समुहले भदौ ९ गते चर्च समेत भत्काउने योजना बनाईरहेको सार्वजनिक भएको छ ।
(भदौ ९ गते धरानमा मन्दिर अगाडि बनेको चर्च भत्काउने तयारीको छलफल )
अपिल
मिति २०८०/०५/०७ विगत केही समयदेखि धरानमा भईरहेको धार्मिक तथा सास्कृतीक विवादले सबैलाई संवेदनशिल बनाएको छ । यस अघि विभिन्न राजनैतिक दल, धार्मिक संस्था, सामाजिक संस्था तथा शान्ति र एकताका पक्षमा आवज बुलन्द गर्ने विभिन्न पक्षबाट सार्वजनिक भएका प्रेस विज्ञप्ति, अपिल तथा धारणहरुबारे हामी जानकार रहेका छौ । धरान सांस्कृतीक, भाषिक, जातिय तथा भौगोलिक विविधता र विषेशता बोकेको, धार्मिक सहिष्णुता, सास्कृतीक रुपमा बहुलतायुक्त समाज सधै एकबद्ध भएर अगाडी बढेको शहर हो । समाज भित्रका समुदायहरुमा आफनै प्रकारका संस्कृतीक तथा धार्मिक भिन्नताहरु रहन्छन् र सबैले यसको स्वतन्त्ररुपमा मान्ने परम्परा रहदै आएको छ । एकले अर्को समुदायमाथि द्वेष फैलाउने र सामाजिक सद्भाव खलबलाउने काम यस अघि कहिले भएको छैन । तसर्थ वर्षदेखि आपसी सद्भाव, भाइचार तथा एकता कायम गरेका समाज र समुदाय नै धरानको सौन्र्दय हो, विषेशता पनि हो । पछिल्लो समय धरानमा विभिन्न पक्षबाट भईरहेका तथा समाजिक सञ्जालमा देखिएका छरपस्ट अराजक’ असहिष्णु विचार र बहस प्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ । यसै सन्दर्भमा आज मिति २०८०/०५/०७ गते विहिबार सुनसरी उद्योग बाणिज्य संघमा धरान उपमहानगरका पूर्व मेयर तथा नागरिक अगुवा कुमार बहादुर कार्किको अध्यक्षतामा बसेको सरोकारवालाहरुको भेलाले निम्न अनुसार निर्णय गरि सबैमा आह्वान गर्ने निर्णय भएको हुदा सम्भावित दुर्घटना हुन नदिन र सामाजिक सद्भाव कायम राख्न अपिल गर्दछौ । निर्णयहरु:
१. धरानमा पछिल्लो समय देखिएको धार्मिक तथा संस्कृतिक विबादलाई सम्बन्धित पक्षहरु बसेर वार्ता र छलफलबाट मात्र समाधान गर्न आह्वान गर्दछौ ।
२. धरानको समाजिक सद्भाव कायम राख्न भोली मिति २०८०/०५/०८ गते दिउसो ठिक २ बजे नागरिक स्तरबाट सद्भाव याली निकाल्ने । उक्त न्यालीमा सहभागिताका लागि सबैमा हार्दिक आह्वान गर्दछ । (याली धरानको छाताचौक स्थित पुरानो हस्पिटलबाट निकिएर भानुचौक सम्म पुग्ने छ)
३. धरानको धार्मिक तथा सास्कृतिक विवबादलाई समाधान गर्न भोली मिति २०८०/०५/०८ गते दिउसो ठिक ११ बजे सर्वदलिय बैठक बस्न अनुरोध गर्ने )
४. धरानको संभावित सुरक्षा संबेदनशिलतालाई ध्यानमा राख्दै शान्ति सुरक्षा कायम गर्न सम्बन्धित पक्षलाई अनुरोध गर्ने ।
तिलक राई
निवर्तमान नगर प्रमुख
मनोज कुमार मेन्याङबो पुर्व नगर प्रमुख
कुमार बहादुर कार्कि पुर्व नगर प्रमुख
मिन कुमार सुब्बा
पूर्व नगर उपप्रमुख
Discussion about this post