धरान । नेपालमा पछिल्लो समयमा आएर हिन्दु धर्मि अनि आर्य समुदायबाट मुलबासी समुदायमाथि निरन्तर प्रहार गरिएको भन्दै २४ जना प्रबुद्ध ब्यक्तिहरुले सामुहिक रुपमा ऐक्यबद्धता जनाएको छ ।
संयुक्त रुपमा प्रेस बिज्ञप्ति जारी गर्दै प्राउ. डा. कृष्ण हाछेथु,डा. केशवमान शाक्य,प्रा. डा. महेन्द्र लावती, डा. कृष्ण भट्टचन, डा. गणेश योजन,डा. युवराज लिम्बू, डा. क्षितिज सुब्बा, डा. टेक वहादुर गुरुङ, वम कुमारी बुढामगर, अमृत योञ्जन तामाङ, कृष्ण चोङवाङ, चन्द्र मादेन, डा. लाल रापचा, डा. सुरेश तामाङ, नन्द कन्दङ्वा, चिनिमाया माझी, राम मादेन, तिलक मगर, डा. विष्णु सिंजाली, डा. चुन्दा बज्राचार्य, कैलास राई, खगेन्द्र माखिम, ब्रविम शेर्मा, इन्द्र राईले पहिचानको आन्दोलनलाई ऐक्यबद्धता जनाएको छ ।
बिज्ञप्तिमा हाल प्रदेशको नाम कोशी नामकरणको विरोध, धरानमा गोरू काण्ड, शेर्पाहरू नेपाल प्रवेश भएको ५, ७ वर्ष भयो भन्ने जस्ता भाष्यहरूले समुदायमा गम्भीर चोट पुऱ्याएको छ । यस्तै गरेर दलित समुदायलाई छुवाछुत, दुर्व्यवहार, निर्घात कुटपिट गर्ने अनि न्याय नपाउने जस्ता अमानवीय दृष्टान्तहरू कैयौं छन् । काठमाडौं टेकुमा न्याय माग्न जाँदा मगर र तामाङ समुदायका न्यायप्रेमीहरूलाई प्रहरीहरूद्वारा निर्घात कुटपिट लगायतको घटनाहरू ब्राम्हणवादी अहंकारी सोच, व्यवहारको परिणाम हो । यस्तो चरम विभेद, अन्याय, अत्याचार भएपछि पहिचानको आन्दोलन विद्रोहात्मक चित्कारको रुपमा प्रस्फुटन भएको हो भन्ने ठहर गरेको उल्लेख छ ।
यस सन्दर्भमा सत्य, न्यायको पक्षमा उठेको आवाजहरू, विभेद विरुद्ध चलिरहेको पहिचानको आन्दोलनलाई काठमाडौंको एक भेलामा सहभागि प्रवुद्ध व्यक्तिहरूले समर्थन, ऐक्यवद्धतासहित सहयोग गर्ने प्रतिवद्धता गर्दछौ । जातीय उत्पीडन, अन्यायको विरुद्ध भाषिक, सांस्कृतिक, राजनीतिक तहमा सम्मानपूर्वक बाँच्न पाउने मानव अधिकारको प्रत्याभूतिको निम्ति आवाज बुलन्द गर्न नैतिक, बौद्विक सहयोग गर्न एकजुट रहेको उल्लेख छ ।
Discussion about this post