धरानमा हुने अतिहिन्दुवादीको गतिविधिमा सहभागी नहुन खस एकताको आग्रह

धरान । खस जाति एकता समाज ताप्लेजुङले भदौ ८ र ९ गते हुने हिन्दुवादीको गतिविधिमा सहभागी नहुन खसजाति/ खस क्षेत्री/ ठकुरी र दसनामी वन्दुहरुमा आग्रह गरिएको छ ।
खस जाति एकता समाज ताप्लेजुङका केन्द्रिय सदस्य नरवहादुर विष्टद्वारा हस्ताक्षरित प्रेस बिज्ञप्ति जारी गर्दै हिन्दुवादीको गतिविधिमा सहभागी नहुन आग्रह गरिएको छ ।

बिज्ञप्तिमा नेपाली बहुजाति वहुभाषीक बहुधार्मीक बहुरिति संस्कार वंश परमपराले सजिएर एकतामा बाधिएर आपसी सदभावका साथ मिलेर वसेको देश नेपाल रहेको उल्लेख छ । जसमध्ये सवैजाति समुदाय नेपालीहरुमा हामी खस समुदायहरु पनि हामी बहुसंख्यक नेपाली हौं भनिएको छ ।
हामी खसहरु मष्ट धर्म प्राकृति पुजक हौं भन्दै हिन्दु धर्म पनि हामीले मानिआएकै छौं हाम्रा लागी सवै धर्म समुदाय एकै रहेको जनाएको छ ।

बिज्ञप्तिमा गाई काटेर मासु खाने गाईको पिसाव गहुत पिउने हाम्रो संस्कार र चिनारी होईन हामीमा मानव पशुपन्छी, वनस्पतिमा विभेद हुदैन सवै वरावरी हो भनिएको छ । त्यसैले आउँदो भाद्र ८ र ९ गते धरानमा हुन लागेको अति हिन्दुवादीहरुको सामाजिक सदभाव भडकाउने किसिमले हुनलागेको धार्मीक भिडमा सहभागी नहुन प्रदेश नं -१ का सम्पुर्ण खसजाति/ खस क्षेत्री/ ठकुरी र दसनामी वन्दुहरुमा हार्दिक अपिल गर्दछु भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित