निमा पोङ्स्युवा
धरान । पछिल्लो समयमा आएर भुमाफियाको चलखेलमा परेर आलुको भाउमा हातपारेको धरानको एयरपोर्टको जग्गाको लागि मेयर हर्क साङ्पाङले सूचना जारी गरिएको छ ।
भदौ ५ गते धरान उपमहानगरले सार्वजनिक सूचना जारी गर्दै सरोकार पक्षसंग छलफल गर्नको लागि भन्दै भदौ ६ गतेजो समय तोकेर बोलाएको छ । सुचनामा धरान-१७ स्थित डाँडाघोपामा विमानस्थल बनाउने कार्यका लागि एति एयरलाइन्सलाई जग्गा धनीहरुले आवश्यक सम्झौता गरी तत्कालिन समयमा बेचेको र हाल सम्ममा पनि उक्त स्थानमा विमानस्थल निर्माण नभएकाले सरोकारवाला पक्षहरुसँग नगर प्रमुख ज्यूको उपस्थितिमा आवश्यक छलफलका लागि भदौ ६ गते उपस्थितिका लागि अनुरोध छ उल्लेख छ ।
हाल सर्दु जलाधार क्षेत्रको विवाद भैरहेको अवस्थामा एयरपोर्टको जग्गाको लागि पनि छलफल बोलाएको छ । सर्दु जलाधार क्षेत्रको जगा सर्वोच्चबाट किनारा लाग्ने अन्तिम अवस्थामा पुर्व वडा अध्यक्ष रोशन अधिकारीको दुई कित्ता जगामा बिरुवा रोप्ने क्रममा विवाद भएपछि उच्च अदालत बिराटनगरले जग्गाधनि अधिकारीको पक्षमा अनतरीम आदेश जारी गरिएको छ । साउन ३२ गते चढिएको पेशि झरेर पुनः भदै आठ गते पेशि तोकिएको कुरा श्रोतले जानकारी दिएको छ ।
२०६० साल चैत १० गते तत्कालीन नगर प्रमुख कुमारबहादुर कार्कीको कार्यकालमा त्यहाका जग्गा एयरपोर्टको लागि भनेर खरिद गर्ने निर्णय भएका थिए । त्यहाँका जग्गालाई दुई श्रेणिमा छुट्याई क श्रेणिको लागि प्रतिकठ्ठा ३२ हजार र ख श्रेणिको लागि २८ हजार मुल्य निर्धारण गरेका थिए । सम्झौतामा यदि त्यहाँ कारणबस एयरपोर्ट नबन्ने भएमा जग्गा धनिलाई साबिक खरिद गरेको मुल्यमा नै फिर्ता दिने निर्णय गरेका थिए । तर हाल एयरपोर्ट चुनाबि नारामा सिमित राखेर आलुको भाउमा किनेको जग्गा हिराको भाउ पुग्दा सम्झौता बमोजिम फिर्ता गर्ने कुनै मन्साय देखिएको छैन ।
जग्गाको सम्झौता गर्दा पुर्व मेयर मनोज मेयाङ्बोको पनि उपस्थिति रहेका थिए । चुनावमा कुरा उठे पनि त्यो सेलाएको छ । जग्गा पीडितलाई सम्झौता अनुसार फिर्ता गर्नुपर्नेमा मनोज मेयाङ्बो पनि मौन रहेको छ ।
Discussion about this post