गोरु काट्ने पक्षमा राष्ट्रिय जनमुक्ति पार्टी र किरात राई विद्यार्थीको समर्थन,समाज भाड्ने कुचेष्टा गरे प्रतिवाद गर्ने चेतावनी

धरान । दुईजना गोरु काट्ने रिहाईपछि गोरु नै काटेर खुशि मनाएको विषयमा दुई समुहमा विभाजन भएको छ ।

गाईगोरु काटेको बिरोध गर्ने हिन्दुबादिको गतिविधि र अभिव्यक्ति विरुद्ध राष्ट्रिय जनमुक्ति पार्टी र किरात राई विद्यार्थी संघले गोरु काट्नेको समर्थन गर्दै प्रेस बिज्ञप्ति जारी गरेको छ ।राष्ट्रिय जनमुक्ति पार्टी ७ घटकबाट संयुक्त रुपमा अध्यक्ष श्याम भुजेल र सचीव सिवाहाङ राईले हस्ताक्षर गर्दै समर्थन जनाएको छ ।

प्रेस विज्ञप्तिमा नेपाल धर्म निरपेक्ष राष्ट्र हो भन्दै नेपालमा बहुजातिय, बहुधार्मिक र बहुसांस्कृतिक जगमा विभिन्न सांस्कृतिक गतिविधिहरु हुने दाबि गरेको छ । राज्य सम्पूर्ण नागरिकहरुको अभिभावक हो भन्दै राज्यले कुनै एक जाति र समुदायको सांस्कृतिक कार्यक्रम माथि दमन र कानुनी हस्तक्षेप गर्नु निन्दनीय भएको जनाएको छ ।

वर्तमान अवस्थामा लगातार सामुदायिक सांस्कृतिक र जातिय मर्यादा भन्दा बाहिर गएर आपसी सद्भाव भडकाउने मनसायले संस्थागत तरिकाले विभिन्न संस्था र व्यक्तिहरुको संगठित अभिव्यक्ति प्रति राष्ट्रिय जनमुक्ति पार्टी (७ घटक) सुनसरी जिल्ला समितिको गम्भिर ध्यानकर्षण भएको उल्लेख छ । नेपाली समाजको विविधता समेत स्वीकार गर्न नसक्ने अतिवादी विचार बोकेका संस्था र व्यक्तिहरुको कारणले देश कुनै दिन अप्रिय दुर्घटनामा जान सक्ने भन्दै यसतर्फ पनि ध्यान दिनुपर्ने औलाएको छ ।

नेपाली नागरिकले आफ्नो मौलिक हक र अधिकार प्रयोग गरी गोरुबध गरेर मासु सेवन गरेकै कारण धरानका निर्दोष आदिवासी, मुलवासी र दलित माथि प्रशासनले दिएको मानसिक यातना र त्रास तत्काल अन्त्य हुन आवश्यक रहेको जनाएको छ । गोरुवध गरी सामुहिक भोज गरेको प्रति प्रशासनले अनावश्यक मानशिक त्रास दिएको प्रति विरोध स्वरुप २०८० भाद्र २ गते धरानमा नेपाल आदिवासी जनजाती महासंघ लगायत विभिन्न घटकहरुले दिएका प्रेश विज्ञप्ति प्रति राष्ट्रिय जनमुक्ति पार्टी (७ घटक) सुनसरी जिल्लाको ऐक्यवद्धता जनाएको छ ।

नागरिकको मौलिक हक र अधिकार सुनिश्चित गर्ने यो सांस्कृतिक आन्दोलनमा सहयोग र समर्थन गर्न आम नेपाली नगारिकमा अपिल गर्दै राज्यले अनाश्यक दमन र मानसिक त्रास दिने क्रम नरोके त्यसबाट हुने सम्भावित क्षतिको जिम्मेबार स्वयं राज्य नै हुने चेतावनी दिएको छ ।

यसैबीच किरात राई विद्यार्थी संघले पनि गोरु काटेको विषयमा समर्थन जनाएको छ । संघका महासचिव निराजन किराँतीद्वारा हस्ताक्षरित बिज्ञप्तिमा गौरवशाली संगठन किरात राई विद्यार्थी संघ स्थापना काल देखि नै जातिय भेदभाव, सामाजिक थिचो मिचो, सांस्कृतिक विभेद तथा राजनैतिक मुद्रामा पेचिलो संघर्ष गर्दै आएको जनाएको छ ।
नेपाल विभिन्न जाति र संस्कृतिको विविधतायुक्त धनी देश रहेको भन्दै जाति र संस्कृतिलाई संरक्षण गर्ने दायित्व सरकारको हुनुपर्ने भनिएको छ ।

मुलुकको ऐतिहासिक शन्दर्भलाई हेर्दा किरातीहरुले संस्कार, संस्कृति तथा परम्पराको रुपमा गाई गोरुको मासु चलाउदै आएको प्रेस विज्ञप्तिमा उल्लेख छ । यसै शन्दर्भमा सुनसरी जिल्ला अन्तर्गत धरानमा गोरुको मासु खाईएको कारणले नै संघको केन्द्रिय सदस्य उपार्जन राई लगायत सास्कृतिक अभियानतालाई हिन्दु अतिवादि समुहले चेतावनि दिने वा समाजमा खलल पारेको आरोप लगाईएको जनाएको छ ।
यस विषयमा हिन्दु अतिवादि तथा समाज भाडेर धार्मिक अतिवादमा राजनितिको अवसर मार्न खोज्ने समुहलाई सुध्रिन चेतावनी दिएको छ ।

प्रेस विज्ञप्तिमा यदि यो राज्य साझा हो भने सबैको संस्कृतिमा स्वतन्त्र हुन दिन पनि अनुरोध तथा चतावनी दिएको छ । प्रेस विज्ञप्तिमा अन्यथा यसै विषयलाई अतिरञ्जित गरि समाज भाड्ने कुचेष्टा गरे प्रतिवादमा जस्तो सुकै सङ्घर्ष गर्न तयार रहेको पनि बिज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित