उज्ज्वल भविष्य बाल क्लबका सचीव उपेन्द्र पौडेल सानै उमेरमा समाजसेवी बन्दै

दिपेश सार्की

कानेपोखरी १ भदौ । आजको दिनमा मानिस निकै मतलबी बनिरहेको छन । आफ्ना सुख , सुबिधा र एैस आरामको उपभोगका लागि मानिस जुनसुकै काम गर्न पछाडी पर्दैन । धन सम्पत्ति र पद प्रतिष्ठा आर्जन गर्नैकै लागि मानिसहरु भागदौड गरिरहेका छन कतिपय मानिस त विशुद्ध आफ्नो स्वार्थपुर्ति लागि विभिन्न आपराधिक कार्यमा समेत संलङ हुने गरेका पछिल्ला घटनाक्रमहरु देखापरिरहेका छन ।
यी सबै परिश्यबाट अलग रहेर वर्तमान समाजमा अपवादको रुपमा स्थापित हुँदै गरिब दुखीहरुका समस्यामा साथ दिने अदियमान समाजसेवि हुन उपेन्द्र पौडेल । सानै उमेरदेखि समाजसेवाका कार्यमा संलङ हुँदै आएका उनले कसैको समस्या देखियोकी कसरी सहयोग गर्ने भन्न्ने कुरामा उनको मन पिरलिन्छ ।

मोरङको कानेपोखरीमा औषधि उपचार गर्नको लागि आर्थिक स्थिति कम भएका विरामीहरुलाई उनले आर्थिक सहयोग गरेका छन । केही समय अघि क्यान्सर रोग संग लडिरहेका बिरामीलाई आर्थिक रकम सहयोग गरेका थिए ।कानेपोखरी बासीहरुको आशाको किरण समेत बन्न्न पुगेका छन । समाजरुपान्तरण , समाजमा रहेका स साना कुराहरुलाई कसरी हल गर्नु सकिन्छ भन्न्ने कुरामा उनको ध्यान जान्छ । समाज परिवर्तनको लागि विभिन्न श्रमदान ,सरसफाइ कार्यक्रमहरु , स्कुलमा गएर बालबालिकाहरुलाई कपि पेन्सिल हरु समेत वितरण गरिसकेका छन । यति सानो उमेर धेरै प्रगती गरिसकेका छन ।

स्थानीय सरकारको ध्यान नपुगेका ठाउँहरु, जहाँको मानिसहरुलाई सहयोगको जरुरत परेको हुन्छ त्यस्ता ठाउँहरुमा सहयोग गर्ने उदेश्य उपेन्द्र पौडेलको रहेको छ । आफ्नै समस्या संग जुध्न बाध्य वर्तमान परिवेशमा व्यतिगत समस्यबाट माथी उठेर समाजसेवामा आफुलाइ समर्पित गर्ने उपेन्द्र पौडेल जस्ता व्यत्तीतब समाजको लागि प्रेरणाको श्रोत बन्न्न सक्छन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित