झुठा मुद्दा लगाएका आठ जनाले पाए सफाई(आन्दोलनका तत्कालीन भिडियो सहित )

 

 

सुनसरी । कोशि नाम खारेजी आन्दोलनमा संलग्न भै तोडफोड गरेको आरोप लगाई झुठा मुद्दा लगाएका सुनसरी जिल्ला इटहरी उपमहानगरका आठ जनाले सफाई पाएको छ ।

सफाई पाउनेहरुमा माया राई, अनिता राई , अमृता लिम्बू राई,राम राई,राम चन्द्र राई,बिक्रम तुम्बाम्फे,मनोहर थलङ्ग रहेका छन । प्रदेश १ को नाम कोशी नामकरण भए पश्चात् कोशी नाम खारेजीको पहिचानको आन्दोलन चलिरहेको बेला इटहरी उपमहानगर वडा नम्बर २० को वडा कार्यालय तोडफोडमा घटना स्थलमा नभएको ब्याक्तीहरुलाई आन्दोलनकारी भन्दै झुठा मुद्दा लगाएका थिए । पहिचानको आन्दोलन कमजोर बनाउन पहिचानबादीहरुलाई राज्यले झुठा मुद्दा र आरोप लागाई गत बैशाखदेखि साउन ३१ सम्म मुद्दा खेपी रहेका थिए । यसरी स्थलगत रुपमा समेत संलग्न नभएको ब्यक्तिहरुमाथि लगाएको झुठो मुद्दाको कुनै ठोस प्रमाणहरु नभएकोले सफाई पाएको कुरा माया राईले जनाएको छ । बुधबार सुनसरी जिल्ला अदालतका न्यायाधीश बलराम त्रिपाठिको इजलासले माया राई सहित आठ जनालाई सफाई दिएको उनले बताए ।

यसरी आठ जनालाई झुठा मुद्दा लगाएपछि कानुनी पैरवी गरि बहस गर्ने कानुन व्यावसायीहरु बरिष्ठ अधिबक्ता मानबहादुर रुम्दाली,अधिवक्ताहरु दर्शनकर्ण राई, बलराम राई, शिवप्रसाद राई, डिकिन्द्र यक्सो लिम्बु,अनिता राई श्रेष्ठ रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित