धरानमा डेङ्गि मृत्युसंख्या सच्यायो,दुईजना मात्र मृत्यु(भिडियो सहित )

 

धरान । धरानमा बिगत केहि महिनादेखि सताईरहेको डेङ्गिबाट ११ जनाको मृत्यु भएको संख्यालाई सच्याएर दुईजना मात्र भएको जनाएको छ ।

बुधबार धरान उपमहानगरपालिकाका मेयर हर्क साङ्पाङको कार्यकक्षमा भएको पत्रकार सम्मेलनमा स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताले यस अघि भनिएका ११ जनामा दीर्घ रोगि भएका नियमित औषधि सेवन गर्दै गरेको रहेकोले डेङ्गि लागे पनि त्यसलाई डेङ्गिबाट मृत्यु भएको नमान्ने बताए । डेङ्गिकै कारण मृत्यु भएका दुईजना बालबालिका मात्र रहेको जानकारी दिए । केहि दिन अघि धरान १६ का डेङ्गि बिरामी ज्वरो आएको त्यसबाट निको भएर पुन स्कुल समेत गैसकेको अवस्था बिपिमा आईसियु नभएपछि बिराटनगरमा उपचारको क्रममा तीन दिनमा मृत्युु भएको जानकारी दिए ।


डेङ्गि लागिसकेपछि निको हुने तेस्रो फेजको ४८ घण्टा खतरा हुने बताए । केहि दिन अघि मृत्युु भएको बालक त्यहि अवस्थामा मृत्युु भएको बताए । बाहिरी रुपमा निको भएको जस्तो भए पनि भित्री रक्तश्राब हुनसक्ने भन्दै ४८ घन्टाको अवधि खतरा अनि घातक हुने बताए ।

धरानमा हालसम्म १५ हजार बढि डेङ्गिबाट संक्रमित भएको जानकारी दिए । यो तथ्यांक रगत परिक्षण गराउने संख्यामा ७२ प्रतिशत भएको बताए । अहिले डेङ्गि बिरामी संक्रमितको संख्या घट्दो रहेको बताए ।

 

मेयर हर्क साङ्पाङले डेङ्गि संकट क्षेत्र घोषणा गर्न आवस्यक नभएको बताए । संकट क्षेत्र घोषणा गरेर आर्मि परिचालन गरेर कुनै फाईदा नभएको बताए । लार्भा खोज्ने र मार्ने अभियान गर्दा नियन्त्रण हुने दाबि गरे । तर केहि टोल बिकास संस्था बाहेकले सहयोग नगरेको बताए । टोल बिकासको अध्यक्षको घरमा नै लार्भाको भेटिएको बताए । त्यसैगरी वडा टोलमा लार्भा मार्न्व जाँदा वडा अध्यक्ष अन्य जनप्रतिनिधिको उपस्थिति नहुने योल बिकासको सहभागी नहुने गरेको बताए ।
बुधबार पनि स्वास्थ्य महाशाखाका कर्मचारी सहित मेयर हर्क साङ्पाङ ४ का वडा अध्यक्ष धनबहादुर राई १७ का वडा सदस्य सहित वडा नम्बर १७ ठकुरी खोला पुल नजिक तल्लो फोकल्याण्डमा लार्भा खोज्ने र नष्ट गर्न पुगेका थिए । त्यस टोलमा प्रशस्त मात्रामा डेङ्गि सार्ने लार्भा भेटाए । यसरी भेटाएका लार्भा सबै नष्ट गरे । सोहि क्रममा मेयर साङ्पाङले हरेक तीन तीन दिनमा लार्भा नष्ट गर्न आग्रह गरे । मेयरले यदि बिर्सिने अवस्था भए ढोकामा ठुलो अक्षरमा मंगलबार शुक्रबार लार्भा मार्ने दिन लेखेर राख्न आग्रह गरे ।

लार्भा मार्न वडा नम्बर ४ का वडाअध्यक्ष धनबहादुर राई सँधै झै आएका थिए । अध्यक्ष धनबहादुरले हर्क साङ्पाङलाई सघाएको नभै धरानको मेयरलाई सघाएको बताए । आफ्नो वडाको सबै काम सकेर फुर्सदमा एक घण्टा समय निकालेर आउने बताए । आफुले सघाएको कामबाट कसैको ज्यान बच्छ भने लागुपर्ने बताए । वडाबासीले मेयरको पुच्छर भनेकोमा भन्ने सवालमा चिनेकै शुभचिन्तकले किराण किराँतीको फेक आइडिबाट लेखेको बताए । यस्ता खबरदारी ब्रेक आगामी २०८४ सम्म हुनुपर्ने बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित